धनगढी,२३ चैत /कञ्चनपुरबाट शुक्रबार खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन । भीमदत्त नगरपालिका–६ बनगाऊ भगवती टोलबाट सोही ठाउँका ३० वर्षीय दिपेश बोगटी खैरो हेरोइनसहित पक्राउ परेका छन । उनको साथबाट ०।९४ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यस्तै भीमदत्त नगरपालिका–६ बनगाऊबाट ३१ वर्षीय किशोर भट्ट १ दशमलव ६२ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
