• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

शून्य सहनशिलताको नीति लिएर अगाडि बढेका छौँ : मुख्यमन्त्री शाह

धनगढी,२२ चैत /सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शून्य सहनशिलताको नीति लिएर प्रदेश सरकार अगाडि बढेको बताउनुभएको छ । शुक्रबार कैलालीको घोडाघोडी ताल क्षेत्रमा आयोजित कैलाली जिल्ला समन्वय समितिको नवौं जिल्ला सभा समारोह उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले हालै सार्वजनिक भएको लेनदेनसम्बन्धी अडियो र मन्त्रीको राजीनामा विषयलाई कोट्याउँदै उक्त भनाइ राख्नुभएको हो ।

अडियो प्रकरणका कारण सदन अवरुद्ध गरेर समाधान नहुने जनाउदै उहाँले सर्वदलिय बैठकसँगको छलफलसमेत बिना निष्कर्ष सकिएको बताउनुभयो । मुख्यमन्त्री शाहले भन्नुभयो, “प्रतिपक्षसँग संवाद र सहकार्यबाट अगाडि बढ्न तयार छौं । सदन चल्नु पर्छ । सदन अवरुद्ध गरे समस्याको समाधान हुँदैन । १२ घण्टा भित्र राजीनामा विरलै आउँछ, आरोपितले आत्मसाथ गरेर मन्त्रीबाट राजीनामा दिनुभएको छ ।”

उहाँले लेनदेनसम्बन्धी अडियोको विषयलाई अख्तियारले प्रकृया अगाडि बढाई सकेको छ र स्वतन्त्र र निष्पक्ष छानविनका लागि प्रदेश सरकारको सहयोग र समन्वय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कैलालीका १३ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी समारोहमा मुख्यमन्त्री शाहले प्रदेश सरकारले उठाउन नसक्ने अनावश्यक ठुला योजना नबनाउन सुझाव दिनुभयो । स्थानीय सरकार र संघ सरकारलाई जोड्न आफ्नो प्रयत्न रहने जनाउनुुहुँदै उहाँले एकले अर्कोलाई औलो उठाउनुभन्दा आफ्नो भूमिका मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “जनताको प्रतिनिधिका रुपमा जनताको समस्या समाधान गर्न हामी तत्पर हुनुपर्छ, गलत मनसाय र क्रियाकलापले अगाडि बढे संविधान कमजोर हुन्छ ।” बजेट विनियोजित सन्दर्भमा उल्लेख गर्नुहुँदै मुख्यमन्त्री शाहले विधि र प्रकृयालाई मान्दै बजेट प्राथमिकता, खर्च र कार्यान्वयनका सम्बन्धमा प्रदेश सरकारले छलफल गर्दै अगाडि बढेको जानकारी दिनुभयो ।

घोडाघोडी प्राकृतिक अनुपम र सबैको सजिलै पहुँच भएको सिमसार क्षेत्रको संरक्षण र विकासका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने मुख्यमन्त्री शाहको भनाइ थियो ।

जिल्ला समन्वय समिति कैलालीका संयोजक टिकाकुमारी भुलको अध्यक्षतामा सम्पन्न समारोहमा १३ वटा पालिकाको तर्फबाट घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले स्थानीय तहका समस्याहरु उल्लेख गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “संविधानमा व्यवस्था भएको स्थानीय तहको एकल अधिकार कार्यान्वयनमा समस्या छ । विशेषगरेर शिक्षाका विषयमा स्थानीय तहले गरेको काममा हस्तक्षेत्र हुने गरेको छ ।”

नगरप्रमुख रावतले स्थानीय तहसंघ प्रदेश र संघ सरकारको समन्वयको अभाव रहेको जनाउनुहुँदै कृषि अनुदानका कार्यक्रम प्रभावकारिताका विषयमा समिक्षा हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अनुदान कार्यक्रमका लागि दर्तावाला जमिन हुनुपर्ने सर्तका कारण लाभान्वित हुनुपर्ने वर्गले लाभ लिन सकेको छैन, उत्पादलाई संरक्षण गर्न छाडा चौपाया चुनौती बनेको छ । भूमिहिन सुकुम्वासीको जग्गा नापजाँचको समस्या छ ।”

नगरप्रमुख रावतले नदी कटान र डुबानको समस्या, तालतलैयाको क्षेत्राधिकार, फोहरमैला व्यवस्थापनलगायत सबै पालिकाको एकीकृत चिन्तनका विषयमा छलफल हुनुपर्ने उल्लेख गर्नुभयो ।

उक्त समारोहमा १७ वटा सूचकका आधारमा तीनवटा पालिकालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिका रहेका छन् ।

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.