• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

युवालाई दमाहा बजाउने कला सिकाइँदै

धनगढी,२२ चैत /भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो ।

“सुदूरपश्चिम क्षेत्रको लोकसंस्कृतिमा दमाहा बाजाको महत्वपूर्ण स्थान रहेको छ,” नगर प्रमुख पदम बोगटीले भन्नुभयो, “दमाहा बाजा हराउँदै जान थालेकाले संरक्षण गर्न आवश्यक छ, नयाँ पिँढीका युवालाई सिकाउन तालिम दिन थालेका छौँ ।” परम्परागत बाजासँगै संस्कृति संरक्षणका कार्यक्रमलाई प्राथमिकतमा राखेर कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँले बताउनुभयो ।

कलासंस्कृति संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उहाँको जोड रहेको छ । दमाहा बाजा बजाउने सीप सिकेका युवाका लागि बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले दमाह बाजा नेपालको मौलिक वाद्ययन्त्रमध्ये एक भएकाले यसको संरक्षण हुनु जरुरी भएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो ।

“सुदूरपश्चिमको संस्कृतिअनुसार परम्परागत समारोह, जात्रा तथा सांस्कृतिक पर्वहरूमा सगुनका रुपमा दमाह बाजा बजाइन्छ,” उहाँले भन्नुभयो, “आधुनिकताको प्रभावसँगै संस्कृतिसँग जोडिएको बाजाको प्रयोग घट्दै गएकाले संरक्षणका लागि तालिम आवश्यक छ ।” तालिममा महिला–पुरुष गरी १९ जनाको सहभागिता रहेको छ । तालिममा दमाहाको महत्व दर्शाउने कार्यसँगै कुन कार्यका लागि कुन तालमा बजाउने भन्नेबारे सिकाउने कार्य भइरहेको छ ।

बूढापाकाहरुले युवालाई दमाहा बजाउने कलाकौशल युवालाई सिकाउने कार्य गर्न थालेका छन् । पछिल्लो समय माङ्गलिक कार्यका लागि दमाहालगायतको पञ्चेबाजा बजाउनेहरुको कमी हुन थालेको छ । यस पेसाबाट जीविका धान्न निकै गाह्रो हुँदै गएपछि युवाहरुले यस पेसालाई छाड्दै गएका छन् । पेसा पलायन भएर युवाहरु अन्य कार्य गर्न थालेका छन् ।

“बूढापाकाहरुमा मात्रै दमाहा बजाउने सीप सीमित रहेको छ,” नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुशील भट्टले भन्नुभयो, “बूढापाकाहरुसँग रहेको दमाहालगायतका पञ्चैबाजा बनाउने कला नयाँ पुस्तामा पुस्तान्तरण गर्न आवश्यक भएकाले युवाहरुलाई तालिमका माध्यमबाट सिकाउने कार्य भइरहेको छ ।” रासस

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.