• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ट्राफिक अनुगमन तीव्र, सात लाख ७९ हजारभन्दा बढी राजस्व सङ्कलन

धनगढी,२२ चैत /नयाँ वर्ष नजिकिँदै जाँदा बझाङमा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको अनुगमनलाई तीव्र बनाएको छ । यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न सवारी जाँच तथा निगरानी कडाइका साथ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पछिल्लो समय ट्राफिक नियम उल्लङ्घन गर्दै सवारी चलाउनेको सङ्ख्या बढ्दै गएकाले सडक दुर्घटना न्यूनीकरणका लागि चेकजाँचमा कडाइ गरिएको हो । जयपृथ्वी राजमार्गसहित बागथला, झोता, तमैल, बुंगल, चैनपुरलगायतका विभिन्न शाखा सडकहरूमा दैनिक रूपमा ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विनोद विष्टले बताउनुभयो ।

नयाँ वर्षमा यात्रुको चाप बढ्ने भएकाले चेकजाँच नियमित रूपमा भइरहेको छ । निजी प्रयोजनका लागि दर्ता भएका जीपहरूलाई सार्वजनिक सवारीका रूपमा प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रहसमेत गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९८० को उपदफा ९२० अनुसार यस्तो कार्य गैरकानुनी हुने हुँदा अबदेखि कडाइका साथ नियन्त्रणमा लिइने र कारबाही गरिने प्रमुख विष्टको भनाइ छ ।

लामो तथा छोटो दूरीमा चल्ने यात्रुवाहक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु राखे÷नराखेको, भीडभाड गरे÷नगरेको, बढी भाडा लिएरनलिएको, जस्ता विषयमा विशेष निगरानी गरिएको छ ।

नियम उल्लङ्घन गर्नेलाई कारवाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले ट्राफिक नियम उल्लङ्घन गर्ने सार्वजनिक सवारीसाधनहरूलाई कडाइका साथ कारबाही गर्दै आएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज १ गतेदेखि हालसम्ममा ८ सय ९१ सवारीसाधन कारबाहीमा परेका छन् ।

कारवाही गरिएको सवारीमध्ये सबैभन्दा बढी ६ सय १२ वटा जीप रहेका छन् । ती जीपहरूबाट मात्र पाँच लाख ३७ हजार पाँच रुपियाँ राजस्व सङ्कलन गरिएको छ । कुल ६ महिनाको अवधिमा ट्राफिक प्रहरीमार्फत सात लाख ७९ हजार रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सवारी दुर्घटनाका प्रमुख कारणहरूमा यात्रुको लापरवाही, ओभरटेक, तीव्र गति, मापसे (मदिरा सेवन गरेर सवारी), मोबाइल प्रयोग, ओभरलोड, यान्त्रिक गडबडी र सडक अवस्था रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियम विपरीत यात्रु बोक्ने जीपहरूलाई नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था कार्यालयमा कारबाहीका लागि पठाउने तयारी गरिरहेको जनाएको छ । साथै प्रहरीले कानुनी प्रावधानबारे सचेतना कार्यक्रममार्फत जानकारी दिइरहेको र नियम पालना नगर्नेहरूमाथि आगामी दिनमा झन कडाइ गरिने बताइएको छ ।

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.