• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नयाँ वर्षका लागि पात टिप्न जङ्गलमा

धनगढी,२२ चैत । कञ्चनपुरको बेलौरी नगरपालिका–१० का सरिता चौधरी शुक्रबार बिहानै ७ बजे जङ्गलमा भेट्नुभयो । करिब तीन किलोमिटर यात्रा गरेर उहाँ बेलौरी नगरपालिका–९ स्थित वैजनाथ मध्यवर्ती सामुदायिक वन कुण्डमा सालको सुकेका पात टिप्न जङ्गल जानुभएको हो ।

आउँदै गरेको नयाँ वर्षमा सालका पातको प्रयोग अत्यधिक हुने गरेकाले वनमा झरेका पात टिप्न थालेको उहाँले बताउनुभयो । चाडपर्वमा बढी जसो दुनाटपरीको प्रयोग हुने भएकाले आवश्यक पात सङ्कलन गर्न छिमेकीसँगै आफू पनि जङ्गल आएको उहाँ बताउनुहुन्छ । उहाँले एक बोरामा भरेर सालका पात सङ्कलन गरेको बताउनुभयो । ती सुकेका पातलाई केही समय पानीमा भिजाउने र नरम भएपछि दुनाटपरी बनाइने गरेको उहाँ बताउनुहुन्छ । वसन्त ऋतुसँगै वनमा पात झर्ने क्रम सुरु भएकाले ती झरेका पातबाट चौधरी समुदायले दुनाटपरी, थाल बनाउने गरेका छन् ।

“अचेल रुखबाट पात खस्ने गरेकाले पनि ती सुकेका पात टिप्न जङ्गल आएका छौँ,” सरिताले भन्नुभयो, “घरमा बाजेबजैले दुनाटपरी बनाउनुहुन्छ ।” घरमा बुढा बाजेबजैले खाली बसेको समयमा दुनाटपरी बनाउने गरेको उहाँले बताउनुभयो । यस्तै कैलालीको अत्तरियाकी रोमी चौधरी पनि वन क्षेत्रमा बिहानै भेटिनुभयो । सालको सुकेका पात सङ्कलन गर्दै उहाँले भन्नुभयो, “सालको पातबाट बनेका दुनाटपरी वर्ष दिनसम्म काम लाग्छ । अहिले सिजन भएकाले पनि पात सङ्कलन गर्न जङ्गल आएका हौँ ।” आफन्तको घरमा आएकी उहाँले आवश्यक पर्ने पात सङ्कलन गरेर दुनाटपरी बनाइने बताउनुभयो ।

यस्तै बेलौरीका स्थानीय जनकलाल चौधरी पनि करिब दुई किलोमिटर यात्रा गरेर परिवारका सदस्यसँग जङ्गलमा सुकेका, झरेका सालको पात सङ्कलन गर्न गएको बताउनुहुन्छ । तरकारी राख्न आवश्यक पर्ने भएकाले सालको पात टिप्न सुरु गरिएको उहाँले बताउनुभयो । नयाँ वर्षमा भेटघाटका लागि ७०र८० जनाभन्दा बढी पाहुना आउने, खानपिन गर्ने भएकाले पनि पुरानो परम्परा अनुरूप पातमा खानेकुरा राखेर पाहुनालाई खुवाउने गरेको उहाँले बताउनुभयो ।

थारू समुदायले परम्परागत रूपमा नयाँ वर्ष र चाडबाड मनाउँदै आएका छन् । चौधरी समुदायले छुट्टै तरिकाले पाहुनाको स्वागत सत्कार गर्ने गरेको थारू समुदायका अगुवा लोगे चौधरी बताउनुहुन्छ । विगतदेखिकै परम्परा भएकाले थारू समुदायले आफ्नो संस्कृतिको जगेर्ना गर्दै आएको उहाँले बताउनुभयो ।

सङ्कलन गरेका पातको दुनाटपरी बनाउने उनीहरूले बताएका छन् । चौधरी समुदायले पाहुनाको स्वागत गर्न र पहिलेदेखि नै चलिआएको परम्परा अनुरूप दुनाटपरीमा खाना पस्किने गरेका छन् । प्लेटको सट्टा पातको प्रयोग गर्ने गरेको उनीहरू बताउँछन् । वैजनाथ मध्यवर्ती सामुदायिक वनमा अहिले दैनिक दुई सयभन्दा बढीको सङ्ख्यामा टाढा टाढाबाट चौधरी समुदायका महिला, पुरुष पात टिप्न आउने गरेका सो सामुदायिक वनका हेरालु दिलबहादुर महराले बताउनुभयो ।

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.