धनगढी,१६ चैत / पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारले कहिले सम्म पेशागत सुरक्षाकै लागि लड्नु पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। हिजो काठमाडौंको तिनकुनेमा पत्रकार सुरेश रजकको जिउ्दै जलाएर हत्या गरेपछि आज देशभर विरोध र्याली प्रदर्शन गरिएको थियो।
पत्रकार महासङ्घ कैलालीले धनगढीमा गरेको विरोध प्रदर्शन र्यालीलाई सम्वोधन गर्दै महासंघ कैलालीका अध्यक्ष देउवाले यस्तो बताएका हुन्। विगत देखि आज सम्म प्रेस स्वतन्त्रताको खोल ओढाए पनि प्रेसले वास्तविक स्वतन्त्रता पाउन नसकेको बताए।
विरोध सभालाई सम्बोधन गर्दै भने पत्रकार सधैँ द्विपक्षीय निसानामा रहने हुँदा अब पत्रकार स्वयंले विशेष चनाखो हुनुपर्ने बेला आएको बताए।
साथै नगारिक समाज , न्यायिक निकाय सबैले पत्रकारलाई सहयोग गर्न समेत अपिल गरे ।