काठमाडौं/राजतन्त्रको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले कोटेश्वरको भाटभटेनीमा प्रवेश गरेर तोडफोड गरेका छन् । दिउसो ३ बजेर ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन् ।
“कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका छन्, तोडफोड गरे,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले भने ।
प्रहरीलाई समयमै खबर गरिएको भए पनि अहिलेसम्म पुगेको छैन । ४० मिनेट भइसक्यो प्रहरीलाइ खबर गरिएको तर अझै आइपुगेको छैन,ू भाटभटेनीका सीओओ पानु पौडेलले भने । प्रदर्शनकारी स्टोरमा छिरेर तोडफोड गरेका छन् ।