धनगढी, १२ चैत/कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले आफ्नो जन्मदिनको अवसरमा असहायलाई भोजन खुवाएर मनाएका छन् । मङ्गलवार धनगढीको मानव सेवा आश्रममा उनले त्यहाँ रहेका बेसहारालाई भोजन खुवाएर जन्मदिन मनाएका हुन् । जन्मदिनमा फजुल खर्चमा भन्दा पनि असहायलाई सहयोग गरी मनाउनुपर्छ भन्ने पनि यो कार्यले सन्देश दिने प्रजिअ हमालले बताएका छन् । सबैले आफ्नो शुभकार्य यसरी नै असहायलाई सहयोग गरी मनाए भने पनि मान सेवा आश्रम जस्ता अभियन्तालाई सहयोग पुग्ने प्रजिअ हमालले बताएका छन् ।
आफ्नो कमाएको सानो अंश यसरी परोपकारी कार्यमा दान गरे नै पुण्य काम भएको बताउँदै सबैलाई यस्तो अभियानमा सहभागी हुन समेत आग्रह गरेका छन् । हाम्रो अन्तिम उद्देश्यै मानव सेवा र कल्याण नै भएकोले मनै देखी यस्ता कार्य गरे मन्दिर नै यही भएको बताएका छन् । उहाँलाई खाना खुवाउनुका साथै आफु पनि सँगै खाना खाएको आनन्द नै छुट्टै आएको बताए ।
जन्मदिनको कार्यक्रममा देवी दल गणका धिरज थापा, सशस्त्र प्रहरी बल ३४ नम्बर गणका प्रमुख सुरेन्द्रराज रञ्जित, राष्ट्रिय अनुसन्धानका कैलालीका प्रमुख मोहनबहादुर कुँवर, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहरा लगायत शुभकामना दिँदै मानव सेवा आश्रममा भोजन खुवाएका थिए । प्रजिअ हमालले आश्रमलाई खाद्यान्न, तराकारी र अन्य सामग्री समेत प्रदान गरेका थिए ।
(भिडियो)