‘जनताले चाँहेमा जुन सुकै व्यवस्था पनि सम्भव छ’ । यस मान्यतालाई सबैले बिशेष ध्यान दिनु पर्ने देखिन्छ । विगतका इतिहासलाई पल्टाउदा पनि यहीँ भएको देखिन्छ । यहाँ जनताको साथ बिना जो कोही सडक सदनबाट कराए पनि सम्भव छैन मात्रै भुल भुलैंया हो । राणा शासनमा के भयो त्यो एक पाटो छ पछि प्रजातन्त्रको लागि गरेको संर्घष जनताको भन्दा बढी कसैको छैन् । यो सबै जनताका छोरा–छोरी सहिद भएर ल्याएको व्यवस्था हो , यो न ल्याउन सहज थियो न यति सजिलै हुत्याउन सकिन्छ । यसमा गम्भिर हुनु पर्छ ।
म कुनै इतिहास विद् भने पक्कै हैन तर जिज्ञासु पाठक चाहीँ हुँ । यसैले विगतमा के के भए सबको साँची इतिहास छ, हामी धेरै जानकार पनि छौँ । यहाँ वर्तमानमा के भैरहेको छ ? के हुने हो ? किन हुँदै छ ? कसको लागि, आवश्यकता कति ? भन्ने प्रश्नहरु ओझेलमा पारेर शक्ति मात्रै प्रर्दशन गर्ने काम भैरहेको । मलाई लाग्छ नेपाली जनतालाई एक पटक फेरी भ्रममा पारिन लागिएको त हैन । कहिले सम्म नेपाली जनताले कसैको शासन सत्ताको भोक मेटाउन बलिको बाख्रो बनि रहने भन्ने बिषय एकातिर मुख्य हो ।
गणतन्त्रको लागि संर्घष गर्दा संसारको सबै भन्दा उत्कृष्ट मानिएको व्यवस्था आज किन डराएको छ । गणतन्त्रवादी किन डराएका छन ? राजावादी उत्साहित हुँदै सडक सडकमा किन सक्रिय भैरहेका छन् । जनताले व्यवस्था परिर्वतन गर्न चाँहेकै हुन त? यस्तो हो भने किन सडकमा आएका छैनन् जनता , कसैले ल्याइ दिएको व्यवस्थामा सर्वेसर्वा हुन असहज छ । अब व्यवस्था परिर्वतन आवश्यक नै हो भने एक/एक जनताले बिना रक्तपातको संर्घष गर्नु पर्छ । तर हाम्रो देशमा यो पनि त्यतिको सम्भव छैन विदेशी हस्तक्षेपकै कारण विगतका व्यवस्था पनि संकटमा परेका र वर्तमान पनि यस्तै भएको हो । आफ्नो स्वार्थ पुर्तीका लागि बाह्य शक्तिले हलचल मात्रै मचाएको हो कि जस्तो पनि देखिन्छ । यसैले अब हामी सबैले आफ्नो विवेकलाई चलायमान बनाइ राख्नु पर्छ ।
घडीको सुइ फिर्ता घुमाउन सकिन्छ तर समय घडीको सुइ सरी फिर्ता आउदैन यो सम्भव पनि छ । तर यहाँ विगत देखि जे पनि सम्भव देखिएकाले कसैले पनि गुफा भित्र सिंह भएर बसि राख्नु पनि त्यति उपयुक्त छ जास्तो लाग्दैन । तर लोकतन्त्रको विकल्प अधिनायकवाद कसरी सम्भव छ भन्ने कुरा हो । यो मेरो नितान्त आफ्नो विचार हो । म राजावादीको विरोध गरीरहेको पनि हैन मात्रै वास्तविकता यहीँ त हो । फागुन २५ गते राजाको स्वागतमा काठ्मान्डौको सडकमा जम्मा भएका तिनै १० हजार मान्छेले मात्रै राजा ल्याउन लागेका हुन त । राजालाई किन तेस्रो पटक राजा हुने इच्छा जाग्यो वा कसैले जगाइ दियो भन्ने बिषय पनि गम्भिर छ ।
गणतन्त्र कमजोर किन भयो ?
राजतन्त्र भन्दा गणतन्त्र कहीँ कतैको पनि कमजोर छैन हाम्रो देशमा पनि हुन सक्दैन। यहाँ गणतन्त्रमाथिको प्रहार, आशा माथिका निराशाले गर्दा कमजोर भएको हो । पुरानै नेताले पटक/पटक रिले दौड खेल्नु र वास्तविक खेलाडी पुछारमा पर्नाले यो विचलन आएको हो । सत्ता लिप्सा मात्रै हावी , जनताको रेमिट्यान्समा देश टिकाइ रहने प्रवृति, विदेशी शक्तिको शिकार , जनातालाई बदलामा रिणको भारी , महङ्गी मात्रै उपहार , शिक्षा ,स्वास्थ्य सबै संघ संस्था भित्रको असन्तुलनले गर्दा वर्तमानमा गणतन्त्र साचिक्कै संकटमा परेको छ । कमजोर बन्दै गएको छ ।
गणतन्त्र कसरी बचाउन सकिन्छ ?
समय परिर्वतनशील छ, हामी सबैले समय अनुसार अगाडी बढ्नु पर्छ । अब गणतन्त्र बचाउनका लागि यस भित्रका खराब पक्ष के के हुन किटान र सुधार यथा सिघ्र गर्नु पर्छ । राजा आउने यी यावत संकेतलाई समान्यमा लिदाँ , काँटीको आगोले पुरै संसार जलाउन सक्छ भने झै राजतन्त्रको पुर्नबहाली हुँदै नहुन सक्ने पनि हैन । त्यसैले समय छदै सच्चिनु आवश्यक देखिन्छ ।
अब जनताको भूमिका :-
विगतलाई कोल्टे हेर्दा हरेक शासनसत्ता जनताकै नाम बेचेर आएका छन् । चाहे त्यो राणा शासन होस्, प्रजातन्त्र होस्, पञ्चायत होस् वा राजतन्त्र तर अब एक एक नेपाली जनताले व्यवस्था परिर्वतनको भारी मात्रै बोक्ने ठेक्का लिनु हुन्न यसो गर्दा फेरी अरु व्यवस्था जस्तै १ दशकमा विकल्पको खोजी हुन्छ । व्यवस्थाको फाइदा लिनेहरु मौन हुने छन् , फाइदा लिन नपाएकाहरु सडकमा आउने छन् । यसैले आजको आवश्कता र जनताको माग व्यवस्था भन्दा पनि पहिले अवस्था परिर्वतनको हुनु पर्छ । व्यवस्था परिर्वतन पछि अवस्था परिर्वतन हुने सम्भावना नभएको हामी सबैले भोगी सकेका छौँ । अब जनताको भूमिका व्यवस्था परिर्वतनको लागि भन्दा पनि अवस्था परिर्वतनको लागि नै हुनु पर्छ । आजको आवश्यकता पनि यहीँ नै हो ।
जनताकै लागि व्यवस्था हो भने अब गणतन्त्रवादीले निरास हुनु पर्ने, राजतन्त्रवादी उत्साहित हुनु पर्ने केहीँ छैन् । मात्रै सबै मिलेर जनताको अवस्था परिर्वतनको लागि लाग्नु पर्छ । व्यवस्था र जनता यहाँकै पक्षमा हुने छन् ।