धनगढी, ६ चैत / धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको प्यानल विजय भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल क्रान्तिलाई पराजित गर्दै विजय भएको हो ।
नेपाल विद्यार्थी सङ्घका उम्मेदवार दिपक भट्टले ५ सय३३ मत प्राप्त गर्दै विजय भएका हुन्। यस्तै निकटतम प्रतिद्वन्दी अनेरास्ववियुका उम्मेदवार दिपेन्द्र भट्ट (दिपेन)ले ४२५ मत प्राप्त गरे भने यस्तै क्रान्तिकारी का उम्मेदवार विकास बिष्टले ४ सय २ मत प्राप्त गरेका छन्।
यस्तै सचिव कोषाध्यक्ष लगायत सदस्यहरूमा पनि नेपाल विद्यार्थी सङ्घका उम्मेदवारहरु विजय भएका निर्वाचन अधिकृत खेमराज पन्तले जानकारी दिए।