धनगढी, २४ फागुन
कोरोला भाइरसको उच्च सम्वेदनशीलताका लागि भन्दै धनगढी उप–महानगरपालिकामा शिक्षा सरोकारवालाको बैठकले अर्को सूचना जारी नभए सम्म विद्यालय बन्द गर्ने भनि गरेको निर्णय शनिवारको शिक्षा सरोकारवालाको बैठकले पुनर्विचार गरेको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले शुक्रवार दिउसो शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले चैत ५ गते भित्र कक्षा १ देखि ९ सम्मको परीक्षा सम्पन्न गरिसक्नु पर्ने भनि पत्राचार गरेको पत्र प्राप्त भएपछि पुनः शिक्षा सरोकारवालाहरुको बैठक बोलाएर निर्णयमा पुर्नविचार गरिएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । अर्को सूचना प्रकाशित नभएसम्म पठन पाठन र परीक्षा रोक्ने निर्णय शिक्षा सरोकारवालाहरुको बैठकले गरेको थियो सोही बैठकले सूचना प्रकाशित गरेर चैत ५ गते सम्म परीक्षा संचालन तथा पठनपाठनका काम सूचारु गर्ने निर्णय गरेको हो ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले सुक्रवारको कुनै एक ब्यक्तिवाट नभएर कोरोना संवेदनशिलताका लागि भन्दै बैठकले निर्णय गरेको बताईन । उनले भनिन् , शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको आधिकारीक पत्र प्राप्त भएपछि शिक्षा सरोकारवालाहरुले नै निर्णयमा पुनर्विचार गरेको हो ।
धनगढीको त्रिनगर माध्यमिक विद्यालयका प्र.अ. भूपाल सिंह खड्काले धनगढी उप–महानगरपालिकाले फागुन २३ गते गरेको निर्णय कोरोना भाइरसको संवेदनशीलताका लागि गरिएको भएपनि शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको पत्रले चैत ५ गते भित्रै परीक्षा सम्पन्न गरिसक्नुपर्ने अवस्था आएको बताए । उनले भने, धनगढी उप–महानगरपालिकाले गरेको निर्णय कसैको हार वा जितको बिषय होईन ।
प्याप्सनका केन्द्रिय सदस्य हरी रेग्मीले शुक्रवार धनगढी उप–महानगरपालिकाले गरेको निर्णयमा आफु उपस्थीत भएकाले जिम्मेवारी लिन तयार रहेको बताए । उनले भने, राम्रोका लागि निर्णय गर्न खोजेको हो राम्रो कै लागि अर्को निर्णय गरियो ।
दिल्लीमा कोरोना धनगढीमा उच्च सतर्कता
भारतको राजधानी दिल्लीमा कोरोना भाईरसको संक्रमण देखापरेको खवर बाहिर आएपछि धनगढीमा उच्च सतर्कता अपनाईएको छ ।
उच्च सर्तकता अन्तरगत धनगढी उप–महानगरपालिकाको अगुवाईमा तीनवटै सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाको समन्वयमा त्रिगरभन्सार नाकामा हेल्प डेस्क स्थापना गरिएको छ । हेल्प डेस्क २४ घण्टा खुला रहने धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले बताए । उनले भने, भारतबाट फर्किनेहरुलाई स्वास्थ्य परीक्षण गर्ने, बिरामी भेटिएमा उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याउन एम्बुलेन्सको समेत ब्यबस्था गरिने छ ।
नेपाल भारत सिमवर्ती शहर धनगढीमा उच्च सर्तकता अपनाईएको छ । धनगढीबाट दिल्लीको दुरी ४ सय ३९.७ किलोमिटरको दुरी रहेको छ । सडक यातायातबाट ९ घण्टा ४२ मिनेटमा धनगढीबाट दिल्ली पुगिन्छ । यही बिषयलाई लिएर धनगढी उप–महानगरपालिकाले जिल्लाका सरकारी तथा गैरसरकारी संस्था संग समन्वय बैठक सम्पन्न गएको छ । बिपद परेमा कसरी सामना गर्ने भन्ने बिषयमा छलफल भएको उप–महानगरपालिकाले जनाएको छ । धनगढी बिमानस्थलमा रहेको हेल्पडेस्कको अवस्था पनि सक्रिय अवस्थामा राखिएको छ । त्यसैगरी कोरोना भाईरसका बारेमा जनचेता फैलाउन पर्चापम्पलेट लगायत टोलटोलमा महिला स्वास्थ्य स्वयं सेविकाहरु परिचालन गरिएको धनगढी उप–महानगरपालिकाले जनाएको छ ।
शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको पत्राचार अनुसार परीक्षा गर्ने निर्णय
शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको पत्राचार अनुसार परीक्षा गर्ने निर्णय