• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रधानमन्त्रीको हाइप्रोफाइल ट्रान्सप्लान्ट – ८ सर्जन, ५ फिजिसियन, २ क्रिटिकल केयर विशेषज्ञ

काठमाण्डौ २१ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा सचिवालय बैठकमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणको मिति र योजना सुनाए। सचिवालयभित्रै अल्पमतमा परेको अवस्थामा ओलीले यस्तो निर्णय सुनाउनु अप्रत्याशित थियो। सोमबार नै अस्पताल भर्ना भइहाल्लान् भन्ने अनुमान पनि थिएन। यतिसम्म कि त्रिवि शिक्षण अस्पतालका प्रत्यारोपण सर्जनसमेत यसबारे बेखबर थिए।

नेताहरूलाई जानकारी दिइसकेपछि ओली अस्पताल भर्ना हुनुअघि तत्कालका काम निप्ट्याउनतर्फ लागे। उता, अस्पताल प्रशासन र चिकित्सक टोलीलाई शल्यक्रिया तयारीको चटारो लाग्यो। आइतबार बिहानको घोषणापछि सोमबार साँझको भर्नाअघि ओलीको व्यस्तता टिठलाग्दो थियो। उनले सोमबार बिहानदेखि अस्पताल भर्ना हुने समय चारपटक सारे। मुलुकका कार्यकारी प्रमुखको अत्यन्त संवेदनशील उपचारमा अपेक्षाकृत योजनाबद्धताको संकेत ओलीको दोस्रो मिर्गौला प्रत्यारोपणको हकमा पटक्कै देखापरेन।

नेपाली चिकित्सकका लागि परीक्षा

प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि विदेशको सुविधासम्पन्न अस्पतालमा जान्छन् भन्ने अनुमान प्रबल थियो। यसअघि सामान्य एलर्जीदेखि जटिल संक्रमणसम्मको उपचारमा बैंकक, सिंगापुर हानिएका ओली प्रत्यारोपण भने स्वदेशमै गराउन तयार भए, जुन चिकित्सकका लागि समेत आश्चर्यका रूपमा रहन पुग्यो।‘मिर्गौला प्रत्यारोपणमा हामीले रचेको सफलताका कारण सरकारप्रमुखबाट पत्याइएका हौँ,’ प्रत्यारोपण टोलीका नेतृत्वकर्ता युरोसर्जन डा। प्रेम ज्ञवालीले भने, ‘यो हाम्रो पनि परीक्षा हो, आफूलाई प्रमाणित गर्ने अवसर हो।’

देशका कार्यकारी प्रमुखको स्वास्थ्यलाई लिएर राष्ट्रिय(अन्तर्रा्ष्ट्रिय रूपमा सरोकार भएजस्तै चिकित्सक टोलीले पनि शल्यक्रियाका लागि तयारी पूर्ण गरिसकेको छ। सोमबार साँझ अस्पताल भर्ना गरिएका ओलीको घण्टा–घण्टामा स्वास्थ्यजाँच गरिनेछ। प्रत्यारोपणका लागि छिन–छिनको स्वास्थ्यअवस्थाको नजिकबाट ‘मोनिटर’ गर्नुपर्छ।‘उहाँको मुटु र फोक्सो तपाईं–हाम्रो भन्दा पनि राम्रो छ,’ डा. ज्ञवालीले भने, ‘सबै कुरा राम्रो हुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ।’

९८ प्रतिशतमा सफलता

२४ साउन ०६५ मा नेपालमै पहिलोपटक मिर्गौला प्रत्यारोपण सफल भएपछिका ११ वर्षमा त्रिवि शिक्षण अस्पतालमा मात्रै ७०० हाराहारीमा प्र्रत्यारोपण भए। कुल प्रत्यारोपणको ९८ प्रतिशतमा सफलता प्राप्त गरेको सेन्टरको विशेषज्ञ टोलीले पक्कै पनि मुलुकका कार्यकारी प्रमुखको प्रत्यारोपण सफल बनाउने विषयलाई संस्थाप्रतिको भरोसासँगै आफूलाई प्रमाणित गर्ने अवसरका रूपमा पनि लिएको छ।

सोमबार अस्पताल भर्ना गरेसँगै प्रत्यारोपण गरिने मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ नगरोस् भन्नका लागि चिकित्सकले ‘इम्युनोसप्रेसिभ’ औषधि दिन सुरु गरिसकेका छन्। चिकित्सकका अनुसार कुनै आकस्मिक संक्रमण आइनपरेमा बुधबार प्रत्यारोपण गर्नुअघि एकपटक डायलाइसिस गरेर शरीरमा विकास भएको ‘एन्टिबडी’ फालिनेछ। बुधबार बिहान ९ बजे भान्जीका रूपमा अगाडि सारिएकी मिर्गौलादाता ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रियामार्फत मिर्गौला निकालेर संरक्षण गरेपछि बल्ल ओलीको शल्यक्रिया सुरु हुनेछ। कम्तीमा २ बजेभित्र शल्यक्रिया पूरा गरेर पोस्टअपरेटिभ वार्डमा सार्न सकिन्छ भन्ने विश्वास चिकित्सकले लिएका छन्।

ओलीको शरीरमा पहिलोपटक २०६४ साउनमा भारतको एपोलो अस्पतालमा प्र्रत्यारोपण गरिएको मिर्गौला दाहिनेतर्फ छ। त्यसैले दोस्रो प्रत्यारोपण गर्दा मिर्गौला देब्रेतर्फ राखिनेछ। चिकित्सकका अनुसार दोस्रो प्रत्यारोपण तुलनात्मक रूपमा बढी जोखिमपूर्ण हुने भए पनि ओलीमा रहेको आत्मविश्वास, अन्य महत्त्वपूर्ण अंगको अवस्थालगायत कारणले प्रत्यारोपण गर्ने निर्णय लिइएको हो। यद्यपि, आजीवन डायलाइसिसको विकल्पमा पनि ओलीको सक्रियतामा कमी आएको थिएन।

हाइप्रोफाइल टिम ट्रान्सप्लान्ट – ८ सर्जन, ५ फिजिसियन, २ क्रिटिकल केयर विशेषज्ञ

समीक्षाको मिर्गौला निकालेर ओलीमा प्रत्यारोपण गर्ने शल्यक्रिया एकै चरणमा हुनेछ। यसका लागि अस्पतालमा नियमित प्र्रत्यारोपण गर्दै आएका विशेषज्ञको टोली खटिनेछ। टोलीको नेतृत्व डा. ज्ञवालीले गर्नेछन्। डा. ज्ञवाली नेतृत्वको टोलीमा डा. उत्तम शर्मा, डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. भोजराज लुइँटेल र डा. सुजित पौडेल रहनेछन्। शल्यक्रिया टोलीको पर्यवेक्षकका रूपमा एपोलो अस्पतालमा पहिलोपटक ओलीको मिर्गौला प्रत्यारोपण गर्ने हाल म्याक्स अस्पतालमा कार्यरत सर्जन डा। अनन्तकुमार रहनेछन्।

ट्रान्सप्लान्ट फिजिसियन डा. दिव्यासिंह साहको नेतृत्वमा डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपाल र डा. मिदान्त रहनेछन्। फिजिसियन टोलीको सहयोगका लागि पनि भारतबाट एकजना चिकित्सक बोलाइएको छ। शल्यक्रियाका लागि बेहोस बनाउने, शल्यक्रिया अवधिभर मुटु, फोक्सोको काम सन्तुलिन राख्ने र नर्मल अवस्थामा फर्काउने नेस्थेसियासँगै पोस्टअपरेटिभ केयर आइसियु प्रमुख डा. सुवास आचार्य र एनेस्थेसिया विभाग प्रमुख डा.अनिल श्रेष्ठले हेर्ने तय भएको छ। चिकित्सबाहेक प्रत्यारोपणमा तालिमप्राप्त नर्स र स्वास्थ्यकर्मी पनि सँगै हुनेछन्।

तीबाहेक शल्यक्रिया वा त्यसपछिका अवस्थामा आवश्यक पर्न सक्ने, मुटु, फोक्सोलगायतका विशेषज्ञ पनि तयारी अवस्थामा रहने भए पनि शल्यकक्षमै भने रहनेछैनन्। चिकित्सकका अनुसार परीक्षण रिपोर्टका आधारमा विशेषज्ञ समूहको समन्वयात्मक बैठक भए पनि बाह्य चिकित्सकको भूमिका, कानुनी पाटोबारे चिकित्सकलाई समेत सेयर गरिएको छैन।

जोखिम अवस्था

सुविधासम्पन्न सेन्टरमा अनुभवी टिम संलग्न हुँदा शल्यक्रियामा ठूलो जोखिम नरहने चिकित्सकको विश्वास छ। ७ सयभन्दा बढी शल्यक्रिया गरिसकेका नेपाली चिकित्सकलाई आवश्यक सहयोगका लागि प्रत्यारोपणमै ३५ वर्ष लामो अनुभव बटुलेका भारतीय चिकित्सक अनन्तकुमार रहनेछन्। त्रिवि शिक्षण अस्पतालकै टोलीले पनि यसअघि सातजनामा दोस्रोपटक सफल प्रत्यारोपण गरिसकेको छ। ७३ वर्षका व्यक्तिमा समेत सफल प्रत्यारोपण गरिसकेकाले प्रधानमन्त्रीको उमेर खासै समस्या नहुने डा. ज्ञवाली बताउँछन्।

चिकित्सकका अनुसार प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्सन’ गर्छ कि गर्दैन भन्ने नै जोखिमको महत्त्वपूर्ण पाटो हो। पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले एन्टिबडी निष्कासन गरेर अस्वीकृत गरिसकेको र बीचमा त्यसलाई सफा गर्न प्लाज्माफेरेसिससमेत गरिएको हुँदा चिकित्सकहरू सबैभन्दा बढी यो तथ्यसँग सचेत र सावधान रहनेछन्।

‘अनुभवी सर्जनले गर्ने शल्यक्रियामा त्यति शंका रहन्न, तर उहाँकै शरीरले नयाँ मिर्गौलालाई कसरी लिन्छ र शल्यक्रियापछि कुनै संक्रमण नहोस् भन्ने कुराले सफलतामा अर्थ राख्छ,’ अस्पतालका एक वरिष्ठ चिकित्सकले भने।सफल शल्यक्रियापछि पनि नयाँ अंगको कार्य सन्तुलिन राख्न इम्युनोसप्रेसिभ औषधि खुवाउनुपर्छ। यो औषधि सुरुका केही वर्ष बढी दिनुपर्छ र बिस्तारै मात्रा घटाउँदै लानुपर्छ।

ओली स्वास्थ्यको उतार–चढाव

लामो समय जेलजीवन बिताएका ओलीले क्षयरोगदेखि मिर्गौला फेलसम्मका स्वास्थ्यसमस्या झेल्दै आएका छन्। यसबीचमा उनले प्रत्यारोपण मात्र नभएर जोखिमपूर्ण मानिने फंगल्स इन्फेक्सन, एपेन्डिसाइटिस र प्यारिटोनाइटिसलाई समेत जितिसकेका छन्। निरन्तरको प्रतिकूल स्वास्थ्यले उनलाई निकै सचेत बनाएको छ। प्रत्यारोपणपछिको नियमित जाँच र खानपानको सन्तुलनले ०६४ साउनमा एपोलोमा प्रत्यारोपित मिर्गौलालाई ओलीले झन्डै १२ वर्ष टिकाइराखे।

तर, गत भादौमा प्रत्यारोपित मिर्गौलामा समस्या देखिएपछि ओलीको ८ भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरेसिस गरियो। करिब एक साता लगाएर शरीरबाट एन्टिबडी हटाउने उपचारपछि उनी २० भदौमा स्वदेश फर्किए। तर, प्लाज्मा फेरेसिसले मिर्गौलाको अवस्था सुधार गर्न नसकेपछि प्रत्यारोपणको तयारी चलुन्जेल नियमित डायलाइसिस गराइरहेका ओलीले १० मंसिरमा एपेन्डिसाइटिस र प्यारिटोनाइटिसको सामना गर्नुपर्यो। एपेन्डिसाइटिस र प्यारिटोनाइटिसको सफल उपचारपछि उनले साताको दुईपटक डायलाइसिस गर्दै आएका थिए। जस्तोसुकै स्वास्थ्य समस्यालाई उपचारसँगै आत्मबलले जित्दै आएका ओलीमाथि यसपटक पनि चिकित्सकहरूले ठूलै भरोसा गरेका छन्। उपलब्ध सीप, प्रविधि र अनुभवसँगै ओलीको दृढ आत्मविश्वासले शल्यक्रियामा सफलता मिल्नेमा चिकित्सकको भरोसा छ।

नेपालमै प्रत्यारोपण स्वागतयोग्य – एनएमए
चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए)ले प्रधानमन्त्री ओलीको स्वदेशमै उपचार गराउने निर्णयको स्वागत र सम्मान गरेको छ। एनएमएले मंगलबार विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सफलता र शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको हो।

स्वदेशी चिकित्सक र स्वास्थ्यकर्मीको क्षमताप्रति प्रधानमन्त्रीले देखाएको विश्वासको नेपालका सबै उच्च ओहदामा रहेका व्यक्तिहरूले अनुसरण गर्नुपर्ने एनएमएको आग्रह छ। प्रधानमन्त्रीले स्वदेशमै महत्त्वपूर्ण उपचार गराएर ०७२ को महाभूकम्पको समयमा नेपाली जनताले स्वदेशी चिकित्सक तथा स्वास्थ्यकर्मीको क्षमतामाथि देखाएको विश्वासलाई निरन्तरता दिएको एनएमएको भनाइ छ।

हेल्थपोष्ट नेपाल

बुधबार, फागुन २१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.