धनगढी, १८ माघ /चित्रादेवी ओझा
आमाको महिमा अपार छ यहाँ सिद्धिन्न गाइकन
आमाको छ नि स्नेह सागर सरी रित्तिन्न पाइकन
आमाको ममता म बिर्सूँ कसरी त्यै नै त आधार हो
गर्दै याद पुकार्नु ईश हरदम यै नै त संसार हो
हे माता त्रिपुरा त्यो दिव्य मुखडा सन्तानकी थ्यौ धनी
रैबारै कसले पठाए छ र खै निस्क्यौ नि यात्री बनी
वर्षै एक सय पाँच सम्म हँसिलो चेहरा थियो उज्ज्वल
छथ्र्यौ त्यो मुस्कान आशीष दियौ बन्दै सदा निर्भीक
बासै होस् अब स्वर्गमा हे जननी आत्मा खुसी भैरहोस्
दोस्रो जन्म हुने भयो यदि भने त्यै कोख आमा मिलोस्
धन्यै थ्यौ जननी महान् मनकी उच्चै थियो सोच नि
आफ्नो भोग पुरा गरीकन हिँड्यौ जानु छ स्वर्गै भनी
मैना माघ एकासी साल दुई गते सन्तानकै माझमा
धर्ती त्यागी दियौ बिदा भइगयौ भगवान्का साथमा
देवी श्री ममतामयी जननीका मैले चरणमा परी
आत्माले चिर शान्ति पाओस् मुवा अर्पण छ श्रद्धाञ्जली