धनगढी,१५ माघ । भोलि बुधबारदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्।
सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।
सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म विहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।

