बाजुरा: जिल्ला अस्पताल बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ। आइतवार अस्पतालमा उपचारारत रहेका बडीमालिका नगरपालिका–८ मार्तडीका १५ वर्षीय सुमन थापाको शल्यक्रिया सफल भएको जिल्ला अस्पताल बाजुराका प्रमुख चन्द शेखर यादवले बताएका छन् ।
पहिलो पटक बाजुरा अस्पतालमा एपेन्डिाइटिसको शल्यक्रिया सफल भएको जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख यादवले बताएका छन्। सूरुमा पेट दुख्ने समस्या लिएर आएका थापालाई एपेन्डिसाइटिस देखिएको थियो । न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमको अनुगमनमा आएको बेला जिल्ला अस्पताल अछामका प्रमुख डा.कमलेश राय यादवको टिमले एपेन्डिसाइटिसको शल्यक्रिया सफल गरेका हुन् ।
एमडीजीपी विशेषज्ञ डा.कमलेश राय यादवको नेतृत्वमा डा.पवन अर्याल, डा.राजेश शाक्य र स्टाफ नर्स सञ्जिता कुमारी खड्काको संलग्नतामा एपेन्डिइटिसको शल्यक्रिया भएको थियो।