धनगढी,१४ माघ । डोटीमा घरको दिवाल भत्किदा २ वटा बाख्रा मरेका छन । जिल्लाको शिखर नगरपालिका– ६ मटेलाका यज्ञ लुहारको घरको दिवाल भत्किदा गोठमा बाधेँका २ वटा बाख्रा मरेका हुन । एक तले दुई कोठे घरको बिचको दिवाल भत्किएको र गोठमा बाँधेका ८ वटा बाख्रा मध्ये २ वटाको मरेको प्रहरीले जनाएको छ ।
अन्य बाख्राहरुको भने जिवितै उद्दार गरिएको बताईएको छ ।