धनगढी,१३ माघ । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ की एक जना गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।
बडीकेदार गाउँपालिका ५ केदारमाण्डौ बस्ने लक्ष्मण पुन मगरको श्रीमती वर्ष २३ की बिष्ना देवी पुन मगर सुत्केरी बेथाले सुत्केरी हुन नसकी अचेत अवस्थामा रही स्थानीय सामुदायिक स्वास्थ्य इकाई सेउडिखेतमा लगिएको थियो ।
उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टर मार्फत आइतबार उद्धार गरिएको हो । अहिले कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको उनका जेठाजु नवराज पुनले बताए । उनले भने“अहिले सुत्केरी र बच्चा आइसियुमा छन् । आमाको अवस्था सामान्य छ र बच्चाको अवस्था जटिल छ । ”