धनगढी, १३ माघ / धनगढीको फुलबारी क्षेत्रकै प्रमुख महोत्सव अगामी फागुन ९ देखी १८ गते सम्म सञ्चालन हुने भएको छ । “स्थानीय साहित्य , कला , संस्कृति , कृषि पर्यटन , उद्योग ब्यापार प्रर्बद्धन” भन्ने मूल नाराका साथ फुलबारी महोत्सवको पाचौँ संस्करण सञ्चालन हुन लागेको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
फुलबारी ११ स्पोर्ट क्लबको आयोजनामा न्यू बुद्ध स्पोर्ट क्लबको खेल मैदान धनगढी–१४ मा महोत्सव लाग्ने आयोजकले बताए । महोत्सव सञ्चालन गर्न झण्डै ५० लाख लागत लाग्ने , ५ लाख दर्शकले अवलोकन गर्ने, अनुमान रहेको महोत्सव संयोजक महेश गोलेले बताए ।
राष्ट्रिय कलाकार देखी स्थानीय कलाकारहरुको प्रस्तुति रहने , विद्यालय स्तरीय प्रतियोगीता समाबेश गरिने , प्यानल डिस्कसन कार्यक्रमसँगै स्थानीय रैथाने परिकारको समेत प्रदर्शन गरिने संयोजक गोलेले बताए ।
महोत्सव प्रवेश शुल्क १ सय रुपैयाँ रहेको छ । महोत्सवको तयारी द्रुत गतिमा चलिरहेको समेत आयोजकले जानकारी दिए ।