• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

जनप्रतिनिधिको तरकारी खेतीमा आकर्षण बढ्दो

धनगढी,११ माघ । बाजुराको त्रिवेणी नगरपालिकाका अधिकांश जनप्रतिनिधिहरुको पछिल्लो समय तरकारी खेतीमा आकर्षण बढ्दै गएको छ । स्थानीय तहले यहाँका गाउँ बस्ती सडक सञ्जालको पहुँच तथा कृषि उत्पादनलाई पहिलो प्राथमिकता दिएसँगै पछिल्लो समय यहाँका जनप्रतिनिधिहरुको तरकारी खेतीमा निकै आकर्षण बढ्दै गएको हो ।

यहाँका जनप्रतिनिधिहरु बिहान दशदेखि चार बजेसम्म जनताको दैनिक कामकाज सकिएसँगै फुर्सदको समय उहाँहरु पछिल्लो समय आफ्नो खेतीबारीमा तरकारी खेती गर्नका लागि व्यस्त देखिएका छन् ।

यहाँका किम्नी पन्धारा छतारा तोली पुर्भुता ढडाली पन्ताली पैमा झालगाउँ पीपलसैन कालापानीमा तरकारी राम्रो उत्पादन हुन्छ ।
बाहिरबाट आउने बजारमा रासायनिक तरकारीको भरमा रहेका यहाँका जनप्रतिनिधिहरु अहिले आफूले गाउँमा प्रशस्त तरकारी उत्पादन गर्दै त्यो तरकारी बिक्रीका लागि यहाँका विभिन्न ठाउँमा रहेका स्थानीय बजारमा पठाउने गरेका छन् ।

पहिला गाउँ बस्ती सडक सञ्जालको पहुँचमा नहुँदा उत्पादन गरेका तरकारी बस्तुले राम्रो मूल्य नपाउने र ती बोकेर बजारमा लिन पनि नसकिने भएकाले यहाँका स्थानीहरु खासै तरकारी खेती गर्दैनथे । २०७५ सालदेखि २०८१ सम्म यो स्थानीय तहले यहाँका अधिकांश गाउँ बस्तीमा सडक सञ्जालको पहुँचमा गरेसँगै अहिले यहाँ उत्पादन गरेको तरकारी लिन बजारदेखि गाडी गाउँमै पुग्ने गरेका छन् ।

रासायनिक मलबाट उत्पादन गरेको बाहिरदेखि आउनेभन्दा गाउँमै गाई भैँसीको गोबरबाट उत्पादन गरेको तरकारीले मानव स्वास्थ्यमा निकै फाइदा गर्ने भएकाले यहाँका स्थानीयलाई समेत तरकारी खेतीमा उत्प्रेरित गर्न तरकारी खेती सुरु गर्न थालेको त्रिवेणी नगरपालिका वडा नं – ८ का वडा अध्यक्ष गगनजङ्ग बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा मेरो प्रशस्त जमिन छ । त्यो जमिनमा पहिला गहुँ धान लगाउने गरेको थियो । गहुँ धान खेतीभन्दा तरकारी खेतीले फाइदा गर्ने देखिएपछि मैले त्यो जमिनमा अहिले बन्दा, काउली , रायो, मुला, खुर्सानी, धनियाँ, लसुनलगायतको तरकारी खेती सुरु गरेको छु ।’’

यहाँका जमिन तरकारी खेतीका लागि निकै उपयोगी भएकाले अबका दिनमा त्यो जमिनमा अन्नबालीभन्दा तरकारी खेती मात्र लगाउने योजना छ । अहिले यो सिकाइ मात्र हो । मैले जनताको काम गर्नका लागि जुन जिम्मेवारी लिएको छु । त्यो जिम्मेवारी पूरा गर्नका लागि निरन्तर उनीहरुको काममा लागिरहनुपरेकाले खासै तरकारी खेतीमा समय दिन सकेको छैन । अहिले झण्डै तीन वर्ष हुन थाल्यो । त्यसपछि यो तरकारी खेतीलाई विशेष व्यवसायको रुपमा लिने बुढाले बताउनुभयो ।

शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.