धनगढी,९ माघ । बैतडीका एक युवकको भारतमा भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका-८ का २८ वर्षिय प्रेम सिँह बोहराको भारतमा भीरबाट लडेर मृत्यु भएको हो ।
भारतको पिथौरागढमा काम गर्दै आएका बोहरा मंगलबार साँझ ५ बजेतिर काम सकेर कोठातर्फ फर्कने क्रममा भीरबाट लडेका थिए । भीरबाट लडेर गम्भीर घाइते भएका बोहरालाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडा नम्बर-८ का वडा अध्यक्ष केशबबहादुर बोहराले बताए।