काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार अभियोगको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले खुसी व्यक्त गरेकी छिन् । उनले संचारमाध्यमसंग कुराकानी गर्दै राजनीतिक सड्यन्त्रको आधारमा महरालाई फसाइएको समेत बताएकी छिन् ।
शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा पूर्व सभामुख महरालाई १९ असोजमा पक्राउ गरिएको थियो । आरोप लागेलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए । ‘महरा सरले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु’, उने भनिन, ‘जसले दुख दिन खोजेका थिए, उनीहरु पराजित भएका छन् ।’
रोशनीले सुरुमा महराले आफूलाई बलात्कार प्रयास गरेको आरोप एक भिडियो अन्तर्वार्तामार्फत लगाएकी थिइन् । आफू अस्वस्थ भएको र आफूलाई अन्तर्वार्ताका क्रममा के कुरा बोलेको थाहा नभएपछि आफूले पुनः अन्तर्वार्ताबाटै होइन भन्दापनि राजनीतिक षड्यन्त्रका आधारमा आफूलाई फसाउन खोजेको बताए । ‘फैसला स्वागतयोग्य छ । सर्वप्रथम त म सम्मानित अदालतलाई धन्यवाद पनि दिन चाहन्छु, न्यायोचित र स्वागतयोग्य छ’, उनले भनेकी छिन् ।