• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

अझै भेटेनन् जनताले कांग्रेस , एमाले र माओवादीको विकल्प

लबदेव धामी
१८ , मंसिर /  नेपालमा  फरक-फरक शासनहरू चलायमान भए विगतमा त्यही शासन व्यवस्थाका विरुद्ध पटक-पटक विरोध , क्रान्ति र हजारौंको ज्यानै जाने गरी युद्धहरू समेत चर्किए , कारण एउटै मात्र थियो शासनको स्वरूप परिवर्तन गर्ने। हाम्रो देश नेपाल कुनै बेला उपत्यका क्षेत्रमा मात्रै सीमित थियो। त्यही क्षेत्रमा पनि पटकपटक शासक फेरिए शासन व्यवस्था फेरिए, र बिस्तारै नेपालको स्वरूप बढ्दै गयो । शासक र शासन व्यवस्था फेरिएसँगै जनता पनि शासक सरि नै परिवर्तन हुँदै गए र नयाँ -नयाँ विकल्पको खोजी गर्दै आएका तथ्यहरू आज पनि हामी इतिहासका पाना पल्टाएर हेर्यो भने पाउँछौं।

अब म विगतलाई धेरै कोट्याउँदैन राणा शासनकाल देखिको अवस्थालाई एकपटक चित्रण गरौँ। जब वि. सं. १९०३ सालमा जङ्गबहादुरको एक्लो पहलले जहानिया निरंकुशतावादी राणाशासन सुरु भयो। जुन नेपालमा १०४ वर्ष अर्थात् वि सं २००७ सालसम्म रहन गयो। यसो भन्दै गर्दा नेपाली जनतालाई राणाशासनको विकल्प खोज्न झन्डै एक शताब्दी भन्दा बढी लाग्यो। यसको मतलब त्यतिबेलाका नेपाली जनताले राणा शासनलाई मन पराएकै थिए भन्न खोजेको होइन। तर बाध्यता वा परिस्थिति जे भएपनि राणा शासनलाई स्वीकार गरेकै थिए , भन्ने हामीले आजको परिस्थितिलाई हेरेर चित्रण गर्न सक्छौ।

वि सं २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्रको स्थापना भएसँगै प्रजातान्त्रिक शासन व्यवस्था सुरु भयो। त्यसै अनुसार नेपाली जनताले लामो समयको त्याग तपस्या र कैयौँ शहीदहरूको बलिदानीले पाएको शासन व्यवस्थामा केही समय सन्तुष्ट रहने प्रयास गरे र उक्त प्रजातन्त्रलाई केही पुरस्कृत बनाउन संविधान र आम निर्वाचन समेत गरेर वि. सं . २०१५ साल पछि एकल विकल्पको रुपमा नेपाली कांग्रेसले शासनसत्ता आफ्नो कब्जामा लियो।
त्यो शासनसत्ता पनि धेरै समय टिक्न सकेन त्यतिबेलाको जनताको मागै त्यस्तै थियो, या राजाको निरंकुश शैली नै थियो।

त्यो शासन व्यवस्थालाई अंकुश लगाउँदै १७ साल पुष १ गते पञ्चायत घोषणा गरी राजा महेन्द्रले सत्ता हातमा लिए। १७ सालदेखि सुरु भएको पञ्चायत शासन व्यवस्था झन्डै ३० वर्ष ४६ र ४७ सालसम्म रह्यो।

यो समयमा पनि नेपाली जनताले पञ्चायतको विकल्प खोज्न झन्डै ३० वर्ष लगाए बीचमा , पञ्चायती शासन विरुद्ध आन्दोलन भए विरोध भए नारा , जुलुस सबथोक भए ,अन्त्यमा जनमत संग्रह गर्दा पनि प्रजातन्त्रको पक्षमा मत नआएपछि जनताले अझै पञ्चायतको विकल्प नखोजेका रहेछन भन्ने आभाष गरेर राजनीतिक दलहरुले चुपचाप बस्नुपर्यो। बिस्तारै बिस्तारै जनतालाई कदा कदा प्रजातन्त्रकै खाँचो परे होला र पो ४७ सालतिर आएर प्रजातन्त्रको पुनर्बहाली भयो । फेरि राजासहितको प्रजातन्त्र नेपालमा लागु भयो। यो शासन व्यवस्था पनि धेरै टिक्न सकेन या भनौ त्यो समयमा पनि अधिक जनताले त्यो शासन व्यवस्थालाई मन पराएनन् र विकल्पको खोजीमा लागे।

५२ सालदेखि माओवादीको भूमिगत १० वर्षीय जनआन्दोलन सुरु भयो। त्यसमा पनि जनताकै अहम भूमिका देखिन्छ जुन जनआन्दोलनमा घरघरका छोरा ,छोरी वा भनौ व्यक्ति थिए र पो जनआन्दोलनको जित भयो। नेपाली जनतालाई प्रजातन्त्र मात्र होइन गणतन्त्रको पनि खाँचो परेको रहेछ या शासकलाई मात्रै खाँचो परेछ जस्तो भएतापनि शासन व्यवस्था फेरेर नेपाल २०६५ सालमा गणतन्त्रात्मक राज्यमा परिणत भयो। नेपाली जनतालाई प्रजातन्त्रको विकल्प खोज्न या भनौ गणतन्त्र सहितको शासन व्यवस्था लागु गर्न १५ वर्षभन्दा अधिक समय लाग्यो। त्यो समयको जनआन्दोलनको मुख्य पार्टी नेकपा माओवादीले बहुमतसहितको सरकार समेत बनायो।त्यो पनि धेरै टिक्न सकेन सायद जनताको विकल्पमा परेर पनि विकल्प बन्न नसकेको पार्टी माओवादी एक हुनुपर्छ । यसरी शासन व्यवस्था र शासक बेलाबेला परिवर्तन भए जनताले पनि विकल्पको खोजी गर्दै आएको यी सबै घटनाक्रमलाई नियाल्दै जाँदा प्रष्ट हुन्छ।

अब संघीय गणतन्त्रात्मक शासन व्यवस्थामा पुगेका हामीहरू अझै विकल्पको खोजीमा छौँ। तर विकल्प भेटिसकेको अवस्था भने छैन। जनताले बेलाबखतमा गुनासो गरिरहन्छन् पुराना पार्टीहरु यस्ता भए, त्यस्ता भए , नेताहरु घुसखुरी भए , भ्रष्टाचारी भए, अविकाशवादी र निरंकुश शैलीका भए, यदि यी सबैको विकल्प खोजिरहेकै थियौँ भने किन पछि परेको हामी , सबैले चुनावमा किन यसको विकल्प खोज्न सकेनौं २०७४ सालमा जितेका पार्टीका उम्मेदवारहरु किन ७९ मा दोहोरिए यसको जवाफ नेपाली जनता बाहेक कसैलाई थाहा छैन। सायद यी पुराना पार्टी (काङ्ग्रेस ,एमाले, माओवादी) को विकल्प अझै खोज्न सकेका छैनन्।

७४ को चुनावपछि पुराना पार्टी देखेर वाक्क दिक्क भएका जनताले ७९ मा पनि किन बिर्सिए विकल्प खोज्न तिनै पुराना पार्टीका उम्मेदवारलाई जिताएर राज्यको बागडोर सुम्पिए। हाम्रो देशमा झन्डै १०० हाराहारीमा राजनीतिक पार्टीहरू दर्ता भएका छन्। तीमध्ये अधिकांश पार्टी आफ्नो चुनावी प्रचार प्रसारमा लाग्छन् तर परिमाण सधैँ कांग्रेस, एमाले , माओवादीकै पोल्टोमा किन यसको उत्तर मसँग छैन जनतासँग नै माग्नुपर्छ ।

नयाँ आस लाग्दा अथवा भनौ चर्चा परिचर्चा कमाएका पार्टीहरू धेरै नै आएका थिए। अधिकांश राजनीतिज्ञले समेत विश्लेषण गरेका थिए अब नेपाली जनता पक्कै विकल्प खोज्ने छन्। अर्थात् यी नयाँ पार्टीलाई राज्यको बागडोर सम्हाल्न दिनेछन्। तर यसो हुन सकेन दुईपटक चुनाव भए दुईपटक भन्दा बढी उप चुनाव पनि भए तर जनताहरु सधैं तिनै पार्टी र तिनकै उम्मेदवारलाई जिताइरहेका छन् ।सायद अझै पनि नेपाली जनताले कांग्रेस, एमाले र माओवादीको विकल्प भेटेका छैनन्।

मैले यसो भन्दै गर्दा यहाँलाई लाग्न सक्छ यो कुनै पार्टीको झोले कार्यकर्ता रहेछ । यो यहाँको बुझाइको आधारमा हुनेछ। यसमा मेरो भन्नु केही छैन। मैले भन्न खोजेको यति मात्र हो , नयाँ आएका यी पार्टीहरुलाई जनताले किन विकल्प मानेनन् । पार्टीको स्थापना हुँदा बर्खायामको खहरेको जस्तै ठूलो चर्चा परिचर्चा हुन्छ। तर बिस्तारै को कहाँ हराउँछन् थाहै हुँदैन यस्ता यस्तै पार्टी छन् नेपालका जुन आस लाग्दा देखिए मात्रै हुन सकेनन् ‌।

विवेकशील साझा पार्टी, नागरिक उन्मुक्ति पार्टी , जनमोर्चा, मधेसी किसान र हाल चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी समेत खहरे जस्तै बन्न पुगेको देखिन्छ।

“जुन जोगी आएपनि कानै च्यातेको”या भनौँ “हात्ती आयो हात्ती आयो फुस्सा” भनेजस्तै यी नयाँ पार्टीहरूको हालत भएको देखिन्छ जुन रफ्तारमा पार्टी स्थापना हुन्छन् किन त्यही रफ्तारमा जनताहरूसँग पुग्न सक्दैनन् , अथवा यी नयाँ उदाएका पार्टीहरुलाई जनताले विकल्प मान्दैनन् अब यसको जवाफ मसँग छैन।

यस्ता यस्तै अनेकौं कौतुहलता छन् , बेलाबखतमा शासन र शासकप्रति वाक्क दिक्क भएका नेपाली जनताले किन विकल्प खोज्न सकेका छैनन् भनेर तर सायद विकल्प नभेटाएकै पनि हुनसक्छन। नेपाली जनताले विकल्प खोजिरहेका छन्, यसमा कुनै दुईमत छैन। राणाशासनको विकल्प १०४ वर्षपछि खोजेका नेपाली जनताले अब नेपाली कांग्रेस र माओवादीको विकल्प पनि एक न एक दिन खोज्ने छन्। उपनिर्वाचनमा पनि विकल्प भेटाएनन् अब जनताले विकल्प खोज्न र हामीले कौतुहलता मेटाउनका लागि ८४ सम्म कुर्नैपर्छ।

मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.