धनगढी , १७ मंसिर / बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।
बुढाले एक हजार ७४० मत प्राप्त गरेर विजयी भएकी हुन । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले एक हजार ४७४ मत पाइकि छिन ।
तेस्रो भएकी नेकपा एकीकृत समाजवादीकी जवा शाहीले पाँच सय ५३ मत प्राप्त गरेकी छन् । कुल सात हजार ४६० मतदाता रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार भएको उपनिर्वाचनमा तीन हजार ९०३ मत खसेको थियो ।
२०७९ सालको निर्वाचनमा विजयी कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको हो ।
यस्तै , बझाङको सुर्मा गाउँपालिका- ४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार धिरेन्द्र पुजारा विजयी भएका छन् । पुजाराले ६५७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लठिचन्द्र बोहराले ४८७ मत प्राप्त गरे। यहाँ माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत प्राप्त गरे ।
यहाँ यसअघि एमालेले जितेको थियो । एक हजार ५५४ मतदाता रहेको सुर्मा ४ मा आइतबार भएको उपनिर्वाचनमा एक हजार १७८ मत खसेको थियो ।