धनगढी १६ मंसिर/ कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार राती लम्कीचुहा नगरपालिका – १ टीकापुर – लम्की सडक खण्ड स्थित चिजबल फ्याक्ट्री नजिक मोटरसाइकल दुर्घटना हुँदा जानकी गाउँपालिका – १ का ३५ वर्षीय बिमल डंगौरा थारुको मृत्यु भएको हो ।
सुपप्र ०१–०११ प ४७०४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर सडकको नालामा पल्टिन घाइते भएका डंगौराको उपचारको क्रममा लालरत्न अस्पताल लम्कीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।