धनगढी , १५ मंसिर / नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्टसले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सुरु भएको एनपिएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । एनपिएल खेल्न भारतीय क्रीकेटर शिखर धवनदेखि न्यूजिल्यान्डका मार्टिन गप्टिलसम्म नेपाल आएका छन् ।
स्टार स्पोर्ट्सबाट पहिलो पटक प्रत्यक्ष प्रशारण, पहिलो पटक फ्रेन्चाइज लिगमा ८ टिम सहभागि, टीयू मैदानमा विभिन्न खालका सुविधा, करोडौँ लगानी देखि स्टार विदेशी खेलाडीको आगमनले एनपीएलले सुरु हुनु अघि नै निकै ठूलो हाइप पाइसकेको छ ।
सहभागि टिम र खेलाडीहरुका साथै लगानीकर्ता अनि क्रिकेटका क्रेजी समर्थकहरु एनपीएलका लागि तयार छन् र निकै उत्सहित भएर बसेका छन् । अब त्यो प्रतिक्षाको घडी सकिएको छ ।