धनगढी, १४ मंसिर / धनगढीको त्रिनगर माविले ४८ औँ वार्षिकोत्सव मनाएको छ। धनगढी उपमहानगरपालिका १,एलनचोकमा रहेको त्रिनगर माध्यमिक विद्यालयले शुक्रबार ४८ औँ वार्षिकउत्सव २०८१ मनाएको छ।
वार्षिक उत्सव समारोहमा विद्यालयले विगतभन्दा थप उन्नति प्रगति गर्दै गइरहेको र आगामी दिनमा अझै गुणस्तरीय शिक्षा दिने बताउदै , प्रधानाध्यापक भूपाल खड्काले ३ करोड भन्दा बढीको बार्षिक आय ब्यय विवरण प्रस्तुत गरे ।
बार्षिक उत्सव समारोहमा विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विभिन्न पुरस्कारद्वारा पुरस्कृत गरिएको छ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यता रहेको उक्त समारोहमा त्रिनगर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रबहादुर चन्दको अध्यक्षता रहेको थियो। यस्तै कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डाक्टर हेमराज पन्त, ऐश्वर्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो।
समारोहमा विद्यालयका विद्यार्थीहरूले नृत्य, गायन लगायतका विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए।