दार्चुला , ११ मंसिर / दार्चुलाको दुहुँ गाउँपालिकाका कर्मचारीहरुले खाना पकाउने क्रममा आगलागी भएको छ । दुहुँ(२ मन्तडका चक्रदत्त जोशीको घरमा गाउँपालिकाले भाडामा लिई कर्मचारीहरुले प्रयोग गर्दै आइरहेको भान्छा कोठामा खाना पकाउने क्रममा आगलागी भएको हो ।
प्रहरीले ग्याँस चुहावट भई सोमबार राति ११ बजेको समयमा अचानक आगलागी भएको बताएको छ । आगलागीबाट भान्छा कोठामा रहेका खाद्यान्न, भाडाकुँडा, लत्ताकपडा, काठको दराज, टेबुल, ग्याँस सिलिण्डर, ग्याँस चुलो लगायत लगायतका सामानहरु गरी अन्दाजी ७ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।