धनगढी/ कैलालीबाट लागू औषाध सहित एकैदिन तीन जना पक्राउ परेका छन । कैलालीको लम्की चुहा नगरपालिका र गोदावरी नगरपालिकाबाट लागू औषध सहित तीन जना पक्राउ परेका हुन ।
ईलाका प्रहरी कार्यालय चिसापानी र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले लम्की–चुहा नगरपालिका – ३ चिसापानी खैरेनीबाट कालिकोट पचालझरना गाउँपालिका – ६ का २८ वर्षीय अर्जुन बुढा र सोही ठाउँका २७ वर्षीय बिरेन्द्र बुढालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २ केजी ७५ ग्राम लागु औषध (चरेश) बरामद गरी आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय लम्कीको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसैबिच ईलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका – ८ फकलपुरबाट गोदावरी नगरपालिका – ८ का ३५ वर्षीय निर्मल चौधरी पक्राउ परेका छन । उनको साथबाट १ ग्राम ५० मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेलापारी बरामद गरी थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।