धनगढी, २७ माघ
धनगढी उपमहानगरपालिकामा एक बर्ष पहिले सुरु गरेको पूर्वाधार व्यवस्थापन प्रणाली ( आईएमएस) योजनाहरुको अनुगमनका लागि प्रभावकारी बनेको छ ।
धनगढी उप–महानगरपालिकाको सूचना प्रविधी शाखाका अनुसार यस प्रणालीको प्रयोग गरेर नगरवासीहरुले सुझाव दिन थालेका छन् । यस प्रणालीले उपमहानगरपालिकामा सञ्चालन हुने योजनाको विस्तृत जानकारी, गुणस्तर, योजनाको प्रभावकारिता, भौतिक र वित्तीय प्रगतिबारे ‘मोवाईल एप्स’मार्फत जानकारी आउन थालेको छ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, यस एप्सको प्रयोग गरिदिन म सबै नगरवासीमा अनुरोध गर्दछु ।
यस प्रणालीले सुशासन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरका छौं नगरप्रमुख वडले भने, योजनाको भौतिक आर्थिक प्रगतीका साथै सबैले कमेन्ट गर्नपाउने ब्यबस्था समेत गरिएकाले नागरिकतहबाट समेत निगरानी हुने गरेको छ । पूर्वाधार व्यवस्थापन प्रणालीको मोबाइल एपमार्फत योजनाका बारेमा गुनासो पनि राख्न सकिने भएकाले जनप्रतिनिधिलाई योजनाको अनुगमन मूल्यांकन र निरीक्षण गर्न सहज भैरहेको पनि नगरप्रमुख वडले बताए ।
एपमार्फत मोबाइलबाटै उपमहानगरपालिकाले सञ्चालन गरेका योजनाको अवस्था, प्रभावकारिता, गुणस्तर, आर्थिक र भौतिक प्रगति विवरणबारे जानकारी लिन थालेका छौं धनगढी उप–महानगरपालिकाका सूचना प्रविधी अधिकृत सुयस चन्दले भने, आएका सुझावका आधारमा काम गर्न सुरु भैरहेको छ ।
देशमै पहिलो पटक धनगढी उपमहानगरपािलका , सेसीको साझेदार संस्था ग्राम विकास तथा अनुसन्धान केन्द्रको सहयोगमा तयार परिएको पूर्वाधार व्यवस्थापन प्रणाली सुरु गरेको थियो । पूर्वाधार व्यवस्थापन प्रणालीलाई अपडेट गर्नका लागि उप–महानगरले आफ्ना प्राविधीकहरुलाई आईतबार मात्रै तालिम दिएको पनि सूचना प्रविधी अधिकृत चन्दले बताए ।
योजना अनुगमनमा लागि पूर्वाधार ब्यबस्थापन प्रणाली प्रभावकारी बन्दै
योजना अनुगमनमा लागि पूर्वाधार ब्यबस्थापन प्रणाली प्रभावकारी बन्दै