बैतडी, ४ मंसिर / बैतडीमा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ का ६० वर्षीय प्रेम चन्दलाई सोमबार उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
चन्दलाई जिल्ला अदालत बैतडीले ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष ३ महिना ३ दिन कैद सजाय र २५ हजार जरीवाना तोकेको थियो । सजाय तोकेकै दिनबाट फरार रहेका चन्दलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पेश गर्ने र अदालतले सजाय भुक्तानका लागि कारागार चलान गर्ने बताइएको छ ।