धनगढी २९ कार्तिक/कैलालीको धनगढीबाट प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ । बुधबार साँझ धनगढी उपमहानगरपालिका(५ को लब्ली चोकबाट प्लास्टिकसहित ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको हो ।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताए ।
तर, चरेस बोकेको १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन् । परिचय नखुलेका उनीहरूको खोजी भइरहेको डीएसपी बोहराले बताए ।