बझाङ १८ कार्तिक/अरिङगालको टोकाइबाट बझाङको थलारा गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । थलारा गाउँपालिका वडा नम्बर २ डोरगाउका ३ वर्षीय सुरबिर खाती र ५ वर्षिया सिया खातिको मृत्यु भएको हो । अरिङगालको टोकाइबाट अन्य तीन जना घाइते भएको थलारा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा थलारा गाउँपालिका प्रवक्ता रबिन्द्र खातीले बताउनुभएको छ । उनका अनुसार घाइते हुनेमा ७ वर्षिया सुमि खाती उनकी आमा डम्मरा खाती र बजै रहेकी छन् । उनीहरूको रायल प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
कार्तिक १७ गते दिउसो १२ बजे तिर घर नजिकै घाँस काट्ने क्रममा अरिङालले उनीहरूलाई टोकेको वडा अध्यक्ष खातीले जानकारी दिनु भएको छ । मृतक र घाइते सबै एकै परीवरका सदस्य रहेका छन । तिहारको मुखैमा अरिङगालको टोकाइबाट दुई बच्चाको मृत्यु भएपछि डोरगाउ शोकमा डुबेको छ।