धनगढी,२ कार्तिक – कैलालीबाट ४ वटा राँगागाडा सहित १४ लाखको सामान बरामद गरिएको छ । सशस्त्र प्रहरी नम्बर ३४ गण कैलालीले १४ लाख मूल्यको अवैध सामान लोड गरिएको राँगासहित ४ वटा राँगागाडा बरामद गरेको हो ।
धनगढी उप–महानगरपालिका – १० बनकट्टीघाटबाट बिहिवार राति सशस्त्र प्रहरीले १४ लाख बरावरको राँगा सहितको गाडामा लोड गरिएको सामानहरू बरामद गरेको प्रहरी नं ३४ गण कैलालीका प्रमुख दलबहादुर पाण्डेले जानकारी दिए ।
उनका अनुसार सीमा इलाकामा नेपालबाट अबैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको बेवारिसे अवस्थामा रहेको ४ वटा गाडामा पुरानो कवाडी टायर ट्यूवसहित बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बिओपी जुगेडाबाट सशस्त्र प्रहरी निरीक्षक धन बहादुर नाथको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।
बरामद ८ओटा राँगासहितको गाडामा पुरानो कवाडी टायर ट्यूवलाई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ ।