• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

स्ववियु केएमसीले स्टार्टअप आइडिया प्रतियोगिता २०८१ गर्ने

धनगढी , २० असोज /  कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्टार्टअप आइडिया प्रतियोगिता २०८१ को आयोजना गर्ने तयारीमा लागेको छ । विद्यार्थीलाई उद्यम व्यापार र स्वरोजगारसँग जोड्नका लागि उक्त प्रतियोगिता गरिने भएको हो।

उद्धम, व्यापार, कृषि, पर्यटन र विज्ञान लगायतका जुनसुकै विषय र क्षेत्रसँग सम्बन्धित रहेर पनि प्रतियोगितामा सहभागी हुन सकिने कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशीले बताएका छन्।

अध्यक्ष जोशीले भने, “प्रत्येक व्यक्तिमा केही न केही सम्भावना हुने र उक्त सम्भावनालाई अरु समक्ष कसरी प्रस्तुत गर्ने र व्यक्ति भित्रका विचार दृष्टिकोण र भिजनलाई प्रयोग गरी समाज र राष्ट्रलाई योगदान हुने गरी यो प्रतियोगिता आयोजना गर्न लागेका छौँ।”

प्रतियोगितामा एकल योजना पनि बनाउन सकिनेछ भने बढीमा चारजनाको समूह बनाउन पाइनेछ। एकल योजना वा दुईजनाको समूहमा दुवैजना स्नातक वा स्नातकोत्तर तहको नियमित विद्यार्थी हुनुपर्नेछ र तीनजनाभन्दा बढीको समूहमा दुईजना अनिवार्य स्नातक र स्नातकोत्तर को तहको नियमित विद्यार्थी हुनुपर्ने आयोजकले जनाएको छ।

योजनाको नाम र स्थान, योजनाको पृष्ठभूमि, योजनाको दीर्घकालीन उद्देश्य, वस्तु तथा सेवाको वितरण, योजनाको लक्षित समूह, योजनाले अर्थतन्त्र वातावरण परम्परा र संस्कृतिमा कस्तो असर गर्छ लगायतका आधारमा रहेर योजना तयार गर्नुपर्ने आयोजकले जनाएको छ।

यस्तै योजनालाई सार्थकता दिने आधारहरू, योजनामा लाग्ने लगानी, लगानी सङ्कल न गर्न सकिने माध्यम, योजनाबाट रोजगार प्राप्त गर्ने व्यक्ति सङ्ख्या, योजनाले देशको अर्थतन्त्रमा गर्ने असर र कुनै कारण काममा असफलता आउने अवस्था आयो भने के गर्ने लगायतका आधारमा टेकेर योजना तयार गर्नुपर्ने स्वतन्त्र विद्यार्थी युनियन केएमसीका सचिव सन्तोष पन्तले बताए।

केएमसी स्टार्टअप प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार र द्वितीय हुनेलाई २५ हजार पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ। साथै प्रतियोगितामा सहभागी उत्कृष्ट पाँच योजनालाई सुदूरपश्चिम विश्वविद्यालय इन्क्युवेसन सेन्टरले माग गरेको व्यवसायिक योजनामा पेश गर्न सहयोग गर्नेछ।

जसबाट व्यक्तिले चाहेको योजनाको मापदण्ड अनुसार मूल्याङ्कन गरी पाँच वर्षसम्म कुनै व्यास नलाग्ने गरी पाँच लाखसम्मको सहयोग पाउन सकिने स्ववियु अध्यक्ष यमराज जोशीले बताए।

प्रतियोगितामा सहभागी हुनका लागि आउने कार्तिक १४ गतेसम्म योजनाको सफ्ट कपीसहित टिम दर्ता गर्नुपर्नेछ। टिम दर्ताका लागि एक हजार शुल्क लाग्ने र कार्तिक २५ गतेसम्म शर्ट लिस्ट गरी ३० गतेभित्र फाइनल हुने जनाइएको छ।

प्रतियोगितामा योजनाको सम्पूर्ण विवरणसहित आफ्नो प्रस्तुति राख्नुपर्नेछ भने एकल अथवा सामूहिक रूपमा भाग लिन सकिनेछ। टिममा बढीमा चारजना मात्र हुनुपर्ने जनाइएको छ।

आइतबार, असोज २०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.