अत्तरिया १७ असोज/कञ्चनपुरबा १२ जुवाडे पक्राउ परेका छन । बुधबार राती भीमदत्त नगरपालिका – १४ बनकट्टी स्थित अमर सिंह कुवँरको बाझो कुखुरा फर्म भित्र जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका हुन ।गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेमा अमर सिंह कुवँर, राजेन्द्र खाती सहित १२ जना रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । पक्राउ परेका अन्यको नाम भने खुलाइएको छैन । उनीहरुको साथबाट नगद १ लाख ६ हजार ४७० र ५६ पत्ती तास बरामद गरिएको प्रहरीको भनाइ छ ।