धनगढी,१६ असोज । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन् । बुधबार धनगढी उपमहानगरपालिका–१९ धामी चोकमा ०१०१२ प ५५१८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४० वर्षीय प्रदीप चौधरी गम्भीर घाइते भएका हुन् ।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ । घाइते चौधरीको निर्सग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
