धनगढी, १५ असोज / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ३ बाट कैलारी गाउँपालिका–७ का वडाध्यक्ष दिपेन्द्रबहादुर बम सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
खुलातर्फ २७४ मत प्राप्त गर्दै बम कैलाली क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। नेविसंघबाट राजनीतिमा सक्रिय रहेका बम पछिल्लो समय युवामाझ लोकप्रिय नेताका रूपमा परिचित छन्।
बमले नेपाल तरुण दल कैलालीको जिल्ला अध्यक्ष तथा तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। हाल उनी कैलारी गाउँपालिका–७ का वडाध्यक्षसमेत हुन्।
महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित निर्वाचित भएपछि बमले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै पार्टी संगठनलाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।