काठमाडौं, ७ असोज / बैतडीको सुर्नया गाउँपालिकामा पर्ने मेल्डुङ्ग्रा चौडाका २० वर्षीय युवा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका छन् । सुर्नया गाउँपालिका वडा नम्बर ४ मा सम्पन्न कांग्रेसको वडा अधिवेशनबाट २० वर्षीय जयन्तप्रसाद भट्ट क्षेत्रीय प्रतिनिधि चुनिएका हुन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध भट्ट सुर्नयाकै रौलाकेदार बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन् । उनले ३५ वर्षमुनिको उमेर समूहबाट महाधिवेशन प्रतिनिधिमा प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् ।
विगत देखि नै भट्टले नेविसंघमा आबद्ध भई नेपाली काङ्ग्रेसका लागि स्थानीय चुनाव लगायत पार्टीको आन्तरिक कार्यमा ठूलो योगदान पुर्याएका छन्।