काठमाडौं, ११ भदौ / रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।
अझै बाढीले कति क्षति गरेको छ भने पूर्ण विवरण भने आइसकेको छैन। भौतिक पूर्वाधार मन्त्री सुनिल लमसालका अनुसार २ खर्ब भन्दा बढीको क्षति भएको अनुमान गरेका छन्। मानवीय क्षतिको पनि अझै पूर्ण विवरण आउन सकेको छैन।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्।