• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कामको खोजीमा भारत जानेको लर्को

धनगढी, ८ साउन / केही दिनयता कामको खोजीमा भारतका विभिन्न सहर पस्नेको लर्को लाग्ने गरेको छ। हरेक दिन दिउँसो २/३ बजेदेखि अबेर साँझसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका बिभिन्न जिल्लाबाट आएकाहरु कामको खोजीमा भारत पसिरहेका छन्। गाउँघरमा रोजगारी नपाएर कामको खोजीमा भारत पस्नेहरू वर्षभरि नै भारत जाने गरेका हुन्छन्। तर वर्षेनी यही बेला भने वर्षेबाली धान रोपाइँ सकेर पहाड–तराई जताततैबाट भारत पस्ने कामदारको यहाँका सीमानाकामा ठूलो भीडभाड हुने गरेको हो।

कैलालीको घोडाघोडी नगरपालिका–८ सुख्खडका पुनाराम चौधरी गाउँमै घर बनाउने मिस्त्रीको काम गर्छन्। सानैदेखि मिस्त्री काम सुरु गरेका उनलाई घरपरिवारको गुजारा चलाउन भारतको रोजगारी पनि एउटा सहारा बनेको छ। तर बर्खायाममा मिस्त्रीको काम नपाइने भएकाले उनी भारततिर लाग्छन् र अन्य रोजगारी गर्छन्। यस वर्ष पनि उनी बुधबार छिमेकी ७ जनासँगै उत्तराखण्डको अल्मोडातिर हिँडे। बर्खायामभरि भारतमै काम गर्ने योजनासहित उनी गड्डाचौकी नाका हुँदै भारत पसेका हुन्। ‘बर्खामा यहाँ त केही काम पाइँदैन। तीनरचार महिना घरपरिवारको गुजारा कसरी गर्नु रु’ चौधरीले भने, ‘अल्मोडामा उतै काम गर्ने आफन्त र चिनेजानेका साथीहरू छन्। काम राम्रो छ, आउनु भनेका छन्। त्यही भएर साथीभाइसँगै जान लागेको हुँ।’

उनी छिमेकी भुखाली चौधरी, सन्तोष चौधरी लगायत ७ जनासँगै अल्मोडा हिँडेका हुन्। अल्मोडामा पनि घर निर्माण, सडक निर्माण लगायतका काम पाइने आशामा उनीहरूले खेतीपातीको काम सकेर भारत पस्ने निधो गरेका हुन्। मंगलबार धनगढीको त्रिनगर नाकामा बैतडीको दुर्गम सिगास गाउँपालिका–३ का रमेश नेपाली आफ्नी वृद्ध आमा र लालाबालासहित भारत पस्दा एसएसबीको जाँच लाइनमा गर्मीले पसिनाले निथ्रुक्क भएको अवस्थामा भेटिए। उनीहरू भारतको महाराष्ट्रस्थित पुणे पुग्ने हतारमा थिए। केही वर्षदेखि भारतमै काम गर्दै आएका रमेश उतै काम पाउने भएपछि परिवारसहित लामो बसाइका लागि भारत गएका हुन्।

हालका वर्षमा नेपाली कामदार पटके कामका लागि मात्र होइन, लामो अवधिसम्म भारतमै बस्ने गरी पनि जान थालेका छन्। कामको खोजीमा यसरी वर्षायाममा भारतका दुर्गम क्षेत्रमा पुग्ने अधिकांशको एउटै पीडा छ— ‘गाउँघरमा काम छैन, गुजारा चलाउनै मुस्किल छ। जे-जस्तो काम पाइए पनि भारत नपसी हुँदैन।’ पहाडतिर बाँदर, बँदेल र दुम्सीले खेतीपातीसमेत भित्र्याउन नदिने उनीहरू बताउँछन्। पुरुषसँगै उनीहरूका आफन्त महिला पनि कामको खोजीमा भारत जानेको संख्या बढ्न थालेको छ। विगतमा सुदूरपश्चिमका पहाड र तराईबाट भारत पस्ने अधिकांशको रोजगारी गन्तव्य सीमावर्ती हिमाञ्चल, उत्तराखण्ड, दिल्ली र पञ्जाब थियो। तर हालका वर्षमा महाराष्ट्रका मुम्बई र पुणे, कर्नाटकको बेङ्गलुरु, चेन्नई तथा गुजरातका अहमदाबाद र सुरततिर पनि रोजगारीको गन्तव्य विस्तार हुँदै गएको छ।

पश्चिम तराईका थारू समुदायका कामदार पनि ठूला सहरका होटल, रेस्टुरेन्ट तथा निर्माण क्षेत्रमा कार्यरत छन्। कञ्चनपुरको लालझाडी–२ का रामसिंह बडायक र पुनर्वास नगरपालिका–१ का शिल्पी राना दुवै काठ मिस्त्री हुन्। उनीहरू भारतको पुणे जान मंगलबार कैलालीको त्रिनगर पुगेका थिए। हिमाञ्चलको शिमलालगायतका क्षेत्रमा स्याउ टिप्न तथा विकास निर्माणका कामका लागि नेपाली कामदार जाने गरेका छन् भने उत्तराखण्डका पहाडी भेगमा पनि विकास निर्माणकै कामका लागि जाने गरेका छन्। बर्खायाममा उत्तराखण्ड र हिमाञ्चल लगायतका उच्च पहाडी भेगमा बाढी–पहिरोको जोखिम उच्च हुने गरेको छ। वर्षेनी नेपाली कामदार बाढी–पहिरोमा परेर ज्यान गुमाउँदै आएका छन्। गत वर्ष पनि बाढी र पहिरोमा परेर पौडी गढवाल र उत्तरकाशीको धराली क्षेत्रमा धेरै नेपालीले ज्यान गुमाए। पौडी गढवालमा ५ जनाको मृत्यु भयो भने धरालीमा कति नेपालीको ज्यान गयो भन्ने कुनै तथ्यांक छैन। न त नेपालको सरकारी निकायले यसबारे कुनै खोजबिन नै गरेको छ।

यतिबेला गड्डाचौकी नाका भएर दैनिक ५ देखि ७ सय हाराहारीमा नेपाली कामदार कामको खोजीमा भारत पसिरहेका छन्। उनीहरूमध्ये अधिकांश मौसमी कामदारका रूपमा जाने गरेका हुन्। रोपाइँ सकेर भारत पस्ने र दशैं–तिहारका लागि घर फर्किने उनीहरूको चलन छ। गड्डाचौकीसँगै कैलालीको त्रिनगर नाका भएर पनि भारत पस्नेको संख्या उस्तै छ। गौरीफन्टा नाका नजिकै रहेको नेपाल प्रहरीको चेकपोस्टमा कामको खोजीमा भारत जाने नेपाली नागरिकको विवरण राख्ने गरिएको छ। मंगलबार एक दिनमै दिउँसो ३ बजेसम्म करिब ५ सय हाराहारी नेपाली भारत पसेका थिए। ‘राति ८ बजेसम्म बोर्डर खुला रहन्छ। यो संख्या अझ बढ्न सक्छ,’ भारत पस्नेको अभिलेख राख्ने एक प्रहरी सुरक्षाकर्मीले भने, ‘असार अन्तिम सातादेखि कामको खोजीमा भारत जानेको संख्या दिनहुँ बढ्न थालेको हो। यो साउनभरि बढ्दै जान्छ। दसै‌ं–तिहार र अन्य चाडपर्वमा भने नेपाल भित्रिनेको संख्या बढी हुन्छ।’

कञ्चनपुरको गड्डाचौकी नाका भएर भारत पस्ने अधिकांशको गन्तव्य हिमाञ्चलको शिमला र उत्तराखण्डका अल्मोडा, गढवाल लगायतका क्षेत्र हुन्। कृषि तथा विकास निर्माणका क्षेत्रमा रोजगारी पाउने आशामा वर्षेनी ठूलो संख्यामा नेपाली त्यहाँ जाने गरेका छन्। ‘दशरबाह्र वर्षदेखि यसैगरी बर्खामा भारत जाने र दशैं–तिहारमा घर फर्किने गरिरहेको छु,’ पुनारामले भने, ‘नैनीताल, देहरादुन, गढवाललगायतका क्षेत्रमा पुगिसकेको छु। अल्मोडा भने पहिलो पटक जान लागेको हुँ।’ विगतझैं यसपटक पनि उनी अब दशैंका लागि मात्रै घर फर्किनेछन्। त्यसपछि खेतीपाती भित्र्याएर हिउँदमा भने गाउँघरमै काम पाइने उनले बताए।

विगतका वर्षमा गाउँघरमा रोजगारी नपाएर भारत पस्नेमा तन्नेरी उमेरका पुरुषको संख्या बढी थियो। अहिले कामको खोजीमा जानेमा महिलादेखि बालबालिकासम्म देखिन्छन्। कतिपय अभिभावकसँगै जान लागेका छन् भने कतिपय काम गर्नकै लागि। विद्यालयमा बर्खे बिदा भएपछि बालबालिका पनि अभिभावकसँगै भारत जाने र अब एकैचोटि दशैंका लागि मात्रै फर्किने गरेका छन्।कान्तिपुरबाट

शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.