• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता हुने सम्भावना, मुख्यमन्त्रीको दौडधुप जारी

धनगढी, ३१ असार / दुई वर्षअगाडि बजेट शून्यताको सामना गरेको सुदूरपश्चिम प्रदेशमा पुनः बजेट शून्यता हुने सम्भावना बढेको छ । आर्थिक वर्ष सकिन तीन दिन मात्रै बाँकी रहँदासम्म प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित हुने परिस्थिति नदेखिएपछि पुनः बजेट शून्यताको सामना गर्नुपर्ने सम्भावना बढेको हो ।

यसअघि तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभामा बहुमत गुमाएपछि आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरिएको पहिलो बजेट पारित हुन सकेको थिएन । बजेट पारित नहुँदा दुई महिनासम्म बजेटबिनै प्रदेश सरकार चलेको थियो । भदौ ३१ गते अर्को सरकारले दोस्रो पटक बजेट सार्वजनिक गरेर पारित गराएपछि बल्ल बजेट शून्यताको अवस्था हटेको थियो ।

आगामी आर्थिक वर्षका लागि सरकारले सदनमा प्रस्तुत गरेको बजेट अनिश्चित बनेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले पुनर्लेखन नभई यथास्थितिमा बजेट पारित गर्न साथ नदिने अडानसहित खर्च कटौतीको प्रस्ताव दर्ता गरेपछि बजेट पारित नहुने सम्भावना बढेको हो । आफैँले साथ दिएको सरकारले ल्याएको बजेटप्रति एमालेको विश्वास छैन । पुनर्लेखन हुनुपर्ने अडानसहित संसदीय दलको निर्णयको आधारमा तीन जना प्रदेश सभा सदस्यले प्रदेश सभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् ।

सो पार्टीको दलका उपनेता सन्तोष शर्मा थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रमुख सचेतक चक्र मल्लले भौतिक पूर्वाधार विकास मन्त्रालय र दमन भण्डारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका खर्च कटौतीको प्रस्ताव दर्ता गरे । भौतिक पूर्वाधार र कानुन मन्त्रालयमा एमाले पार्टीकै मन्त्री रहेका छन्  । खर्च कटौतीको प्रस्तावमा सम्बन्धित मन्त्रालयको खर्च कटौती गरेर एक रुपियाँ कायम गर्न माग गरिएको छ ।

नेकपा एमालेको संसदीय दलले छ वटै मन्त्रालयको विरुद्धमा खर्च कटौतीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो । सत्तापक्षबाटै खर्च कटौतीको प्रस्ताव दर्ता हुनु सरकारको नीतिमाथि नै असहमति रहेको एमालेका प्रमुख सचेतक मल्लले बताए । उनले असल कार्यमा साथ दिन र गलत कार्य नियन्त्रणका लागि खर्च कटौतीको प्रस्ताव दर्ता गरेको उल्लेख गरे । उनले भने, “सत्तापक्ष सत्ता टिकाउनलाई मात्रै हैन । गलत कार्य, विकृति विसङ्गतिविरुद्ध भएकाले त्यसमा हाम्रो पार्टीको साथ हुँदैन ।” सरकारले ३७ अर्ब ७० करोड रुपियाँको बजेटलाई अव्यवस्थित ढङ्गले अनुउत्पादक क्षेत्रमा विनियोजन गरेको एमालेको आरोप छ ।

प्रदेश सरकारको बजेट असारभित्रै पारित हुनुपर्ने कानुनी प्रावधान रहेको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक गीता चौधरीले सत्तापक्षको धर्म नै सरकारलाई साथ दिने रहेकाले बजेट पारित हुनुपर्ने बताए । उनले भने, “समयावधिभित्रै बजेट पास गर्न केन्द्रबाट सर्कुलर भएकाले बजेट पारित हुनुपर्ने पक्षमा छौँ ।” बजेटका सवालमा देखिएका विवाद, असन्तुष्टि समाधानका लागि छलफल भइरहेको चौधरीको भनाइ छ ।

मुख्यमन्त्रीको दौडधुप

बजेट पारित गर्न सहयात्री दल नेकपा (एमाले)ले नै साथ नदिने अडान लिएपछि मुख्यमन्त्री कमलबहादुर शाहको दौडधुप सुरु भएको छ । बजेट विवाद सुल्झाउन पार्टीको शीर्ष नेतृत्वले बोलाएपछि उहाँ सोमबार काठमाडौँ प्रस्थान गरेका छन् । मङ्गलबार मात्रै काठमाडौँबाट फर्कने कार्यतालिका रहेको मुख्यमन्त्रीले त्यहाँ विशेष गरेर नेताहरूसँग बजेट निकासकै सवालमा शीर्ष नेतासँग छलफल गर्ने बताइएको छ ।

बजेट विवाद समाधानको खोजीमा मुख्यमन्त्री शाह काठमाडौँ गएको जानकारी दिँदै उनका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले असार ३२ गतेभित्र बजेट पास हुने सम्भावना रहेको बताए । उनले भने, “सोमबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले पनि बजेटमा रहेका प्राविधिक त्रुटिलाई सुधार गर्दै सत्तारूढ दल एमालेको सहकार्यमा बजेट पारित गर्ने निर्णय गरेको छ ।”

बुधबार, असार ३१, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.