• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक

धनगढी, २९ असार/खेतीपातीमा रमाउने थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक छाएको छ। रोपाइँको काम सकिएपछि शारीरिक पुनर्ताजगीका लागि यस समुदायका मानिसले हर्डहुवा उत्सव मनाइरहेका हुन्।

घामपानी र हिलोमाटोसँग जुधेर खेतीपातीको काम गर्ने र काम सकिएपछि गाउँभरिका कृषक परिवारले सामूहिक रूपमा हर्डहुवा मनाउने रैथाने चलन रहेको छ। विभिन्न गाउँमा अनुकूलता अनुसार फरक-फरक समयमा हर्डहुवा मनाउने गरिएको छ। हर्डहुवामा खास गरेर बङ्गुर वा सुँगुरको मासु, माछा, खरिया, फुलौरी र गेडागुडी लगायतका थारू परिकार बनाई परिवार तथा आफन्त मिलेर सामूहिक रूपमा खाने गरिन्छ। यसैगरी, आफ्ना इष्टमित्रलाई समेत आमन्त्रण गरेर खानपान गर्दै रमाउने चलन छ।

कैलारी गाउँपालिका–५, बैजपुरकी कविता चौधरीले महिना दिनसम्म रोपाइँ गर्दा भएको थकान मेटाउनका लागि एउटा उत्सवका रूपमा हर्डहुवा मनाउने गरिएको बताए । उनले भने “किसान परिवारले वर्षाभरि घामपानी नभनी रुखोसुखो खाँदै खेतीपातीको काम गर्छौँ। लसुनको चटनी र भात खाएर पनि रोपाइँको काम गरिन्छ। त्यसकारण वर्षाभरिको थकान मेटाउनका लागि एक दिन रमाउँदै मिठोमसिनो खाने चलन रहेको हो।”

स्थानीयवासीका अनुसार हर्डहुवाको दिन बिहानै गाउँमा सुँगुरको मासु तयार पारिन्छ। गाउँका सबै परिवारले आ–आफ्नो आवश्यकता अनुसार मासु खरिद गर्छन्। त्यसपछि त्यसको सेकुवा र तरकारी लगायतका परिकार बनाएर खाने र रमाउने गरिन्छ। खेतीपाती सकेर हलो र जुवा धुने कार्य भएपछि खुसी साट्न पनि हर्डहुवा खाने गरिएको धनगढीका चक्र चौधरीको भनाइ छ।

थारू समुदायका अग्रजहरूका अनुसार बर्खे खेतीपाती जोखिमपूर्ण मानिन्छ। सर्प र बिच्छीको जोखिम मोलेर रोपाइँको काम गर्नुपर्ने हुन्छ। त्यति मात्र होइन, आवश्यकता पर्दा राति पनि खेतमा पानी हाल्ने र रोपाइँ गर्ने कार्य हुन्छ। यसरी राम्रोसँग आरामसमेत नगरी कडा परिश्रम गर्दा शरीर कमजोर हुने तथा हातखुट्टालाई हिलोमाटोले खाने भएकाले खेतीपातीको काम सकिएपछि हलोजुवा र कृषि औजार धोएको उपलक्ष्यमा हर्डहुवा खाने गरिएको कञ्चनपुरका पुनाराम चोधरीले जानकारी दिए ।

सोमबार, असार २९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.