• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीको चुरे गाउँपालिकामा दुई करोडभन्दा बढीले बढ्यो बेरुजु, महालेखाले देखायो गाउँपालिका भित्रको आर्थिक बेथिति

धनगढी, २० असार /  महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनले चुरे गाउँपालिकामा लाखौंको आर्थिक अनियमिता भएको उल्लेख गरेको छ । प्रतिवेदनमा उल्लेख गरिएका विवरणले गाउँपालिकाको आर्थिक प्रशासन, निर्णय प्रक्रिया र सुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

लाखौंको आर्थिक अनियमिता:- 

प्रतिवेदनअनुसार गाउँपालिकाले सहजकर्ता नियुक्तिमा मात्रै ११ लाख ५ हजार रुपैयाँ आर्थिक अनियमितता गरेको उल्लेख छ। कार्यविधि निर्माण शीर्षकमा ३ लाख ९२ हजार ११० रुपैयाँ खर्च गर्दा प्रक्रिया पूरा नगरिएको, दरभाउपत्र माग नगरी ४ लाख २५ हजार रुपैयाँ खर्च गरिएको तथा योजनालाई टुक्र्याएर सार्वजनिक प्रतिस्पर्धा नगराई सब–कन्ट्र्याक्टरमार्फत काम गराउँदा १७ लाख ६१ हजार ५८४ रुपैयाँ बराबरको कार्य नियमविपरीत भएको औंल्याइएको छ।

यस्तै, पदाधिकारीहरूको बीमामा नियमविपरीत ३ लाख ५१ हजार ५१० रुपैयाँ खर्च गरिएको र स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्दा १७ लाख १० हजार ९०४ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। यस्ता शीर्षकबाहेक अन्य स-साना शीर्षकमा समेत लाखौं रुपैयाँको आर्थिक अनियमितता देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

प्रमाण बिनानै लाखौं खर्च :-

प्रतिवेदनले खर्चको प्रमाण नै पेश नगरेका शीर्षकहरू पनि औंल्याएको छ। विद्यालय सुधार योजनामा २ लाख १५ हजार रुपैयाँ, जिन्सी व्यवस्थापनतर्फ ११ लाख ३४ हजार १६५ रुपैयाँ, विभिन्न वितरण भरपाईमा ७ लाख ३० हजार ८०० रुपैयाँ, कृषि अनुदानमा १ लाख ४५ हजार ५०० रुपैयाँ तथा खरिदसम्बन्धी भरपाई पेश नगरी २ लाख ५७ हजार ३० रुपैयाँ खर्च गरिएको उल्लेख छ। यीबाहेक अन्य शीर्षकमा समेत खर्चको पर्याप्त प्रमाण पेश नभएको प्रतिवेदनमा जनाइएको छ।

बेरुजुको अवस्था :- 

चुरे गाउँपालिकाको बेरुजु पनि निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ। आर्थिक वर्ष २०८०/०८१ मा १६ करोड ७१ लाख ४ हजार ९३० रुपैयाँ रहेको बेरुजु आर्थिक वर्ष २०८१/०८२ मा २ करोड ९ लाख ४४ हजार २ सय ८२ रुपैयाँले वृद्धि भई १८ करोड ८० लाख ४९ हजार २१० रुपैयाँ पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

केही निम्न तस्बिरबाट पनि स्पष्ट हुन्छ:-

 

Oplus_131072

 

 

शनिबार, असार २०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.