• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न, ७ सय ६७ विद्यार्थी दीक्षित

धनगढी, १२ असार  /  सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शुक्रवार सम्पन्न दीक्षान्त समारोहमा दुई हजार चार सय ८९ विद्यार्थी दीक्षित हुनुभएको हो । समारोहमा विश्वविद्यालयबाट विद्यावारिधि लिनुभएका डा.तुलसी कुमारीलाई पनि दीक्षित गरिएको छ ।

दीक्षान्त समारोहमा चार विद्यार्थीलाई पहिलो पटक डिन्स पदक पनि प्रदान गरिएको छ । डिन्स पदक तर्फ मथुरा प्रसाद उपाध्याय, कैलाश राज भट्ट, आयुशा जोशी, भरत साउदलाई प्रदान गरिएको छ । त्यसै गरी, चान्सलर तर्फ व्यवस्थापन संकायका निशान्त चन्द, भ्वाइस चान्सलर तर्फ कृषि विज्ञानका कैलाशराज भट्टले पदक प्राप्त गर्नुभएको छ ,भने स्वर्ण पदक तर्फ ललित कार्की, दुर्गा देवी, निशान्त चन्द, प्रेम बहादुर रोकाया, दिवाकर पन्त, भरत साउद, कविता जोशी, रजिन बोहरा, कैलाशराज भट्टलाई प्रदान गरिएको छ ।

दीक्षान्त समारोहमा सात सय ६७ विद्यार्थी सहभागी थिए । जसअनुसार कृषि विज्ञान सङ्काय तर्फबाट ३३ , शिक्षा संकायबाट २४२, इन्जिनियरिङ संकायबाट ५३ विद्यार्थी, मानविकी र सामाजिक विज्ञान संकायबाट १८२, व्यवस्थापन सङ्काय तर्फबाट २३९ र विज्ञान तथा प्रविधि संकायबाट १८ जना विद्यार्थी दीक्षान्त समारोहमा गाउनसहित सहभागी भएका थिए ।

परीक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार, दीक्षान्त समारोहमा विद्यार्थीहरू सहित अभिभावकहरू पनि सहभागी भएका थिए । उहाँका अनुसार, ९ औँ ग्रेस लिस्टमा समावेश दुई हजार चार सय ८९ विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका थिए ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयबाट आर्जित ज्ञानलाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

यस उपाधि प्राप्त गराउन अभिभावको भूमिका निकै महत्त्वपूर्ण रहेको बताउनुहुँदै मन्त्री पोखरेलले अभिभावक प्रति सराहना व्यक्त गर्नुभयो ।साथै, मन्त्री पोखरेलले टीकापुर क्याम्पसको तीन सय बिघा जमिनको विश्वविद्यालयको स्वामित्वमा रहे पनि प्रयोगमा ल्याउनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

त्यसै गरी समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहित्यकार प्राडा. तुलसी प्रसाद जोशीले ज्ञानलाई जीवन र व्यवहारमा अनुवाद गरेर उतार्ने दक्षता प्राप्त गर्न सक्नुपर्ने बताए ।

समारोहमा दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्नुहुँदै उहाँले दीक्षान्त समारोहले प्रमाणपत्र मात्रै प्रदान गर्ने नभई दीक्षा र शिक्षालाई व्यवहारमा उतार्न सक्नुपर्नेमा जोड दिए ।

चार सञ्चारकर्मी दीक्षितछैटौँ दीक्षान्त समारोहमा कञ्चनपुरमा कार्यरत चार जना सञ्चारकर्मी पनि दीक्षित हुनुभएको छ । जसमध्ये सञ्चारकर्मी सुरज श्रेष्ठ, मदन गिरी, कल्पना साउद र सन्तोषी पाण्डेय पनि दीक्षित हुनुभएको छ ।

त्यसै गरी, कञ्चन आवाजका सम्पादक श्रेष्ठले व्यवस्थापन संकायमा स्नातकोत्तर, फारवेष्ट पोस्ट दैनिकका सम्पादक कल्पना साउदले मानविकी संकायमा पत्रकारिता विषयमा स्नातक र सुदूर डायरीका पत्रकार सन्तोषी पाण्डेयले पनि मानविकी सङ्काय पत्रकारिता विषयमा स्नातक तह उत्र्तीण गर्नुभएको छ ।

शुक्रबार, असार १२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.