• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

टीकापुरमा भूमिपर्व सुरु

कैलाली, २ असार /  मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत भएको छ। पर्व मनाउन दाङदेखि कैलालीसम्मका ती जातिका अगुवा टीकापुर आइपुगेका छन्।

नेपाल मगरसङ्घ टीकापुरको आयोजित कार्यक्रमका सहभागीले भूमिपर्वको महत्वका बारेमा चर्चा गरेका छन्। ती समुदायले भूमि, प्रकृति र कृषि उत्पादन वृद्धि होस् भनी मनाउने गर्दछन्। मगर समुदायका अगुवा धर्मराज घर्ती मगरले बताए। “‘भूमे पर्वमा हामीले राम्रो बाली उत्पादन होस् भनी पूजा गर्ने गर्दछौँ। आज बिहानै एकै ठाउँमा सबै जम्मा भएर पूजा गरिएको छ”, उनले भने, “प्राकृतिक विपत्तिबाट सुरक्षा, मानिसको सुख र समृद्धिको कामना गरिन्छ।”

नेपाल मगरसङ्घ टीकापुरका कार्यवाहक अध्यक्ष दिलु घर्ती मगरले पहिलो दिन भूमि पूजासहित विविध कार्यक्रम गरिएको र आज विभिन्न कार्यक्रम गरी समापन हुने जानकारी दिए। “कार्यक्रममा मगर समुदायमा संस्कृति, नाचगान, पहिरन, गरगहना प्रस्तुत गरेका छौँ”, उनले भने, “संस्कृति र परम्परा युवा पुस्तालाई सिकाउने प्रयास पनि गरेका हौँ।”

दाङका आशबहादुर जिगमले मगर समुदायमा प्रचलित पर्व मनाउन आफू दाङदेखि टीकापुर आएको बताए। “दैविक क्षति नहोस्, विपत्तिबाट बच्न सहयोग होस् भनी भूमि पूजा गर्ने, नाचगान गर्दै रमाइलो गर्ने गरिएको छ”, उनले भने, “सामूहिक नाचगान, सांस्कृतिक कार्यक्रम भइरहेका छन्। भूमि प्रतिको सम्मानको महत्व बढाउन यो कार्यले सघाउँछ।”

सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले पर्वले प्रकृतिप्रतिको सम्मान, सामुदायिक एकता र सांस्कृतिक पहिचान संरक्षणमा योगदान दिने बताए। “स्थानीय परिकार तथा खानाको समेत सामूहिक रुपमा खानपान गर्ने अभ्यास राम्रो लाग्यो”, उनले भने, “जमिन नभए हामी भोकै हुन्छौँ, हाम्रो पेट भर्ने भूमिको पूजा गर्ने चलन राम्रो हो।”

टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन लुहार विक, मगर समुदायका अगुवा रमेश थापा मगर, सङ्घका सुदूरपश्चिम अध्यक्ष दलबहादुर घर्ती मगर, मगर सङ्घका जिल्ला अध्यक्ष वीरेन्द्र थापा मगर, कमल पुन मगरलगायतले भूमि पूजाको महत्वबारे बोलेका थिए।

मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.