धनगढी , ३१ जेठ / लाइन्स क्लब अफ धनगढी आरम्भको वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। आइतबार धनगढीस्थित लोटस क्याफेको सभा हलमा सम्पन्न साधारण सभाले लायन आयान नविन धामीलाई अध्यक्षमा चयन गरेको हो।
साधारण सभाबाट अध्यक्षसहित विभिन्न पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको क्लबले जनाएको छ। बैठकको निर्णयअनुसार लायन आयान नविन धामी अध्यक्षमा चयन भएका छन् भने प्रथम उपाध्यक्षमा लायन दीपक राज जोशी, द्वितीय उपाध्यक्षमा लायन केशव राज जोशी, तृतीय उपाध्यक्षमा लायन तर्क राज भट्ट, सचिवमा लायन दिपक जोशी तथा कोषाध्यक्षमा लायन हेमन्त पन्त चयन भएका छन्।
कार्यक्रम क्लबका निवर्तमान अध्यक्ष चेतन चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन का जिल्ला वरिष्ठ कार्यकारी प्रमुख (ग्लोबल मेम्बरशिप टिम संयोजक) पीएमजेएफ जनक राज जोशी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनु भएको थियो।
नवनिर्वाचित अध्यक्ष धामीले क्लबको सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउँदै शिक्षा, स्वास्थ्य, वातावरण तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
लाइन्स क्लब अफ धनगढी आरम्भले विगतदेखि नै विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालमा क्लबका गतिविधिलाई थप विस्तार र प्रभावकारी बनाइने अपेक्षा गरिएको छ।