• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

धनगढी, ३० जेठ  /  सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ। प्रदेश प्रमुख नजिर मियाँले जेठ १८ गते प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि करिब दुई सातासम्म छलफल भएको थियो। छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले कार्यक्रमको प्रभावकारिता, कार्यान्वयनको अवस्था तथा स्रोत व्यवस्थापनका विषयमा विभिन्न प्रश्न र सुझाव राखेका थिए।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै नीति तथा कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले नीति तथा कार्यक्रम प्रदेशका नागरिकको हित, विकास र समृद्धिलाई केन्द्रमा राखेर तयार गरिएको भन्दै त्यसको समर्थन गर्न आग्रह गरे।

मुख्यमन्त्रीको जवाफपछि सभामुख भीमबहादुर भण्डारीले मत विभाजन प्रक्रियामार्फत नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए। बैठकमा उपस्थित बहुमत सदस्यले समर्थन जनाएपछि सभामुख भण्डारीले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे। नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयारीलाई अन्तिम रूप दिएको छ। प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

 

शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.