• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डडेल्धुरामा डम्पिङ साइट विवाद पुनः सतहमा

डडेल्धुरा, २९ जेठ /   अमरगढी नगरपालिकाले दीर्घकालीने फोहोर व्यवस्थापनका लागि वडा ६ को गुनेगाड-छचोडा क्षेत्रमा निर्माण गर्न लागेको डम्पिङ साइट (फोहोर व्यवस्थापन केन्द्र) स्थानीयवासीको विरोधपछि पुनः विवादमा परेको छ । स्थानीयको अवरोधका कारण निर्माण प्रक्रिया प्रभावित हुँदा सदरमुकामको फोहोर व्यवस्थापन झन् पेचिलो बन्दै गएको छ भने वडा कार्यालयमा गरिएको तालाबन्दीका कारण सेवाग्राहीसमेत मारमा परेका छन् ।

बिहीबार बिहान अमरगढी नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा डोजरसहितको टोली प्रस्तावित डम्पिङ साइट क्षेत्रमा पुगे पनि स्थानीयवासीले अवरोध गरेपछि टोली काम नगरी फर्किएको थियो । त्यसपछि आक्रोशित स्थानीयले नगरपालिकाविरुद्ध नाराबाजी गर्दै अमरगढी नगरपालिका–६ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

स्थानीयले आफ्नो माग पूरा नभएसम्म ताला नखोल्ने चेतावनी दिएका छन् । उनीहरूले पुनः जबरजस्ती डोजर ल्याएर काम गर्न खोजिए नगरपालिकाको कार्यालयमै समेत तालाबन्दी गर्ने चेतावनी दिएका छन् । अमरगढी नगरपालिकाले संघीय आयोजना कार्यान्वयन इकाइमार्फत करिब ४ करोड रुपैयाँको लागतमा आधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने तयारी गरेको हो । नगरपालिकाका अनुसार सो प्रयोजनका लागि करिब १४ रोपनी जग्गा १८ लाख रुपैयाँमा खरिद गरिसकिएको छ भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गरी ठेक्का प्रक्रियासमेत अगाडि बढाइएको छ । तर स्थानीयको विरोधका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन।

स्थानीयवासीले प्रस्तावित क्षेत्रमा खानेपानीका मुहान, खेतीयोग्य जमिन तथा बस्तीनजिक रहेको भन्दै त्यहाा फोहोर व्यवस्थापन केन्द्र स्थापना गरिए वातावरणीय प्रदुषण बढ्ने, दुर्गन्ध फैलिने र स्थानीयको स्वास्थ्यमा असर पर्ने चिन्ता गरेका छन् ।

अमरगढी-६ का स्थानीय प्रेम टमाटाले नगरपालिकाले स्थानीयको सहमति बिना जबरजस्ती डोजर ल्याएर फोहोर फाल्न खोजेको आरोप लगाए । नगरपालिकाले अन्य उपयुक्त स्थानको खोजी गरी व्यवस्थित रूपमा फोहोर व्यवस्थापन गर्नुपर्ने उनले बताए । उनले वडा कार्यालयमा लगाइएको ताला माग पूरा नभएसम्म नखोलिने भन्दै फेरि डोजर ल्याइए नगरपालिकाको कार्यालयमै समेत तालाबन्दी गरिने चेतावनी दिए । यस्तै छचोडाका राजेन्द्र ताम्राकारले जिल्लाभरिको फोहोर आफ्नो बस्तीनजिक ल्याएर थुपार्ने योजना स्वीकार्य नभएको बताए । हाल सदरमुकाम क्षेत्रबाट निस्कने फोहोर अस्थायी रूपमा मालम गाउँ जाने दोबाटो क्षेत्रमा व्यवस्थापन गरिँदै आएको भए पनि त्यो उपाय पनि दीर्घकालीन समाधान नभएको नगरपालिकाको भनाइ छ ।

छचोडा र दुमडा क्षेत्रका स्थानीयसँग पटकपटक छलफल भए पनि सहमति जुट्न नसक्दा समस्या यथावत रहेको छ । एकातिर नगरपालिकाले व्यवस्थित फोहोर व्यवस्थापन केन्द्र अपरिहार्य भएको बताइरहेको छ भने अर्कोतिर स्थानीयले बस्ती र खानेपानीको मुहान नजिक डम्पिङ साइट बनाउन नहुने अडान लिँदै आएका छन् ।

अमरगढी नगरपालिका-५ का वडाध्यक्ष तथा सरसफाइ समिति संयोजक टंक क्षेत्रीले फोहोर व्यवस्थापन नगरपालिकाको सबैभन्दा जटिल समस्या बनेको बताए । निर्वाचित भएर आएदेखि नै दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले सुरुमा उद्योग वाणिज्य संघको कार्यालयनजिक केही महिना अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिएको जानकारी दिए । त्यसपछि उक्त स्थान पनि उपयुक्त नभएपछि हाल अमरगढी–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गामा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिँदै आएको उनले बताए । तर त्यो स्थानसमेत पूर्णरूपमा भरिसकेकाले अब त्यहाँ थप फोहोर व्यवस्थापन गर्न कठिन भएको उनको भनाइ छ ।

क्षेत्रीका अनुसार दीर्घकालीन समाधानका लागि अमरगढी-६ मा जग्गा खरिद गरी डीपीआर तयार गरिएको, ठेक्का प्रक्रियासमेत सम्पन्न भएको र ठेकेदारले काम सुरु गर्ने तयारीमा रहेका बेला स्थानीयको विरोध चर्किएको हो । वडा कार्यालयमा तालाबन्दी भएपछि दैनिक प्रशासनिक सेवा लिन आउने सर्वसाधारण प्रभावित बनेका छन् ।

शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.