काठमाडौँ, २८ जेठ / गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा बजेटको अभाव रहेको भन्दै बजेट थप्नका लागि संसद्मा पहल गरिदिन सांसदहरूलाई आग्रह गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार गृहमन्त्री गुरुङले स्रोत साधनको अभावमा मन्त्रालयले प्रभावकारी रूपमा काम गर्न नसकेको बताए ।
मन्त्रालयसँग पर्याप्त बजेट नहुँदा सुरक्षा र जनहितका कामहरू सोचेजस्तो हुन नसकेको मन्त्री गुरुङले बताए । ‘अहिले हामीसँग बजेट छैन, हजुरहरूले संसद्मा एक पटक पहल गरिदिनुभयो भने बजेट थपिन्थ्यो कि भन्ने आशा छ,’ मन्त्री गुरुङले भने, ‘हजुरहरूको आवाजको वेट हुन्छ, मन्त्री आफैँ पीडित छ, मन्त्रालयलाई न्याय दिनुपर्यो भनेर बोलिदिनुस्।’