धनगढी, २१ जेठ / जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लाका विभिन्न स्थानबाट १५ वटा मोटरसाइकल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिएको प्रहरी टोलीले भजनी तथा लम्की क्षेत्रका विभिन्न स्थानमा खोजतलासका क्रममा मोटरसाइकलहरू बरामद गरेको जिल्ला प्रहरी कार्यलय कैलालीका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
तिमिल्सिनाले बरामद गरिएका १५ वटा मोटरसाइकलको अनुमानित मूल्य १७ लाख ३० हजार रुपैयाँ बराबर रहेको बताए। बरामद गरिएका मोटरसाइकलहरू आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय, सत्ती कैलाली पठाइएको जनाए।
प्रहरीले चोरी, अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि जिल्लाभर निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाएको तिमिल्सिना बताए ।
